पोखराको फेवाताल किनारमा फागु पूर्णिमा (होली) को दिन गत वर्षजस्तै यस वर्ष पनि बृहत् होली विशेष कार्यक्रम ‘होलिल्याण्ड’ हुने भएको छ । प्रचार नेपाल र स्पेक्स फोर्टिनको आयोजनामा बाराहीघाट चौरमा फागुन २९ गते बिहीबार ‘होलिल्याण्ड’ कार्यक्रम हुने भएको हो ।
होलिल्याण्डको दोस्रो संस्करणमा पनि प्रवेश निःशुल्क रहेको प्रचार नेपालका संचालक आशिष पुरीले जानकारी दिए । कार्यक्रममा डिजे डेनी, डिजे अनिष, डिजे रुस, डिजे एम्मी, डिजे न्याक्सिजम, डिजे साउडेको प्रस्तुति रहने उनले बताए ।

उक्त कार्यक्रमको स्टेज हाइपरमा बकबक (विवेक गुरुङ) रहेका छन् । स्टेज हाइपर भनेको डिजेले प्रस्तुति दिँदा माहोल बनाउने व्यक्ति हुन् ।
कार्यक्रममा हट एअर बेलुन, अल्ट्रालाइट, ड्रोन स्प्लयास, खानाको स्टल र सांगीतिक प्रस्तुति आकर्षणको रुपमा रहने स्पेक्स फोर्टिनका संचालक महेश्वरसिंह भण्डारीले जानकारी दिए ।

साथै, होलीको मज्जा दिन पानी ट्यांकरबाट रंग भरिएको पानी सहभागीलाई फाल्ने तयारी पनि रहेको आयोजकको भनाइ छ ।
बिहान ११ बजेदेखि ६ बजेसम्म हुने कार्यक्रमको सञ्चालक एकिन गुरुङ छन् । यो कार्यक्रमलाई टिल्ट योर वर्ल्ड र एक्स्पर्ट एजुकेसन एन्ड भिसाले सहयोग गरेको छ ।

प्रचार नेपालले पोखरामा प्रायः सांगीतिक कार्यक्रम गर्दै आएको छ । यो वर्षको प्रणय दिवस (भ्यालेन्टाइन डे)मा द एज ब्यान्ड र स्वरको कन्सर्ट गरेको थियो जहाँ करिब ५ हजार दर्शक उपस्थित थिए ।
त्यसअघि गत कार्तिकमा चर्चित गायक सज्जनराज वैद्यको कन्सर्टको व्यवस्थापन प्रचार नेपालले नै गरेको थियो । अंग्रजी नयाँ वर्षको अवसरमा यो वर्ष आयोजित २६ औं सडक महोत्सवमा प्रचारले गत पुसमा ‘द एण्ड गेम’ नाम दिएर सबिन राई एण्ड फेरोह, पूर्ण राई र दाजु–भाइहरु, र्यापर डोंग, देवेन्द्र बब्लु एण्ड द फिरन्तेलगायतको कन्सर्ट गरेका थिए ।
सम्बन्धित खबर
पर्वतीय सङ्ग्रहालयलाई पोखरा भ्रमणको मुख्य गन्तव्यमा समेट्नुपर्नेमा जोड
फेवाताल किनारमा फागु: दोस्रो संस्करणको होलिल्याण्ड हुँदै, प्रवेश निःशुल्क
पोखरामा ‘पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ’ हुँदै
बीमा रकमका लागि पोखरामा फेरि आफ्नै पसलमा आगो ! पसल सञ्चालक पक्राउ
धर्मका नाममा कानुन विपरितका काम नगर्न पोखरा महानगरको चेतावनी
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पोखरामा प्रभातफेरी
यो पनि पढौँ
को हुन् पीएनमा अनेरास्ववियुबाट स्ववियु अध्यक्ष उम्मेद्वार बनेका विष्णु ?
बीमा रकमका लागि पोखरामा फेरि आफ्नै पसलमा आगो ! पसल सञ्चालक पक्राउ
पोखरा कोटीहोम विवादः भूमिपूजन गरेपछि नगर प्रहरी र आयोजकबीच झडप [तस्वीरहरू]
पोखराको कोटीहोम रोक्न विश्व हिन्दु महासङ्घको माग