रोल्पाका पूर्ववडाध्यक्ष बुढाथोकी रूस–युक्रेन युद्धमा मारिए

रोल्पाका पूर्ववडाध्यक्ष बुढाथोकी रूस–युक्रेन युद्धमा मारिए

Tilak-Budhathoki-Rolpa

पोखरा । रुसी सेनामा कार्यरत रोल्पा सुनछहरी गाउँपालिकाका तिर्खबहादुर बुढाथोकी (तिलक)को मृत्यु भएको छ ।

रुस–युक्रेन युद्धमा परी बुढाथोकीको मृत्यु भएको भनेर फागुन २४ गते खबर आएपछि पारिवारिक सदस्यहरु काजकिरिया गरेका छन् ।

सुनछहरी गाउँपालिका–५ को पूर्ववडाध्यक्षसमेत उनी २०८० असोजमा रुस हिँडेका थिए । उनको घरमा एक छोरी, एक छोरा र श्रीमती छन् ।

४४ वर्षीय तिलकको मृत्युको खबर उनको परिवारलाई साथीभाइले फोन गरेर दिएका थिए ।

परिवारका अनुसार उनी फागुन १३ गतेबाट परिवारको सम्पर्कबाहिर भएका थिए ।

तीर्खको मृत्युको खबर पाएपछि परिवारले कुशको शव बनाएर अन्तिम संस्कार पूरा गरेका छन् ।

तिलक द्वन्द्वकालमा नेपाली सेनामा कार्यरत थिए । माओवादीको आधारभूमि त्यसमाथि नेपाली सेनामा कार्यरत रहेकाले असुरक्षा महसुस गरेर उनलाई अभिभावकले राजीनामा दिन लगाएका थिए ।

उनी नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा सुनछहरी गाउँपालिका इन्चार्जसमेत थिए । २०७४ को चुनाव पनि जिते । तत्कालीन समयमा ७ वटा वडा रहेको सुनछहरी गाउँपालिकामा २ वडाध्यक्षमा नेकपा एमालेले जितेको थियो ।

०७९ को निर्वाचनमा पनि उनी दोहोरिन चाहेका थिए । ०७९ को चुनावमा प्रतिस्पर्धा पनि गरे तर पराजित भए । त्यसपछि उनी रुस हिँडेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ