पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल चैत्र ३ गते देखि

पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल चैत्र ३ गते देखि

viber_image

पोखरा । प्रथम पोखरा कप पुरूष राष्ट्रिय ह्याण्डबल प्रतियोगिता यहि चैत्र ३ गते देखि ५ गते सम्म पोखरामा हुने भएको छ ।

गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा उक्त प्रतियोगिता हुन लागेको हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको साढे २ वर्ष पछि उक्त प्रतियोगिता हुन लागेको हो ।

गण्डकी प्रदेश ह्याण्डबल संघ स्थापनाको एक वर्ष भित्रै उक्त प्रतियोगिता हुने भएको जनाउँदै संघका अध्यक्ष केशव पाठकले सहभागिताका लागि सात प्रदेश र विभागिय टोलीलाई पत्रचार गरिएको जानकारी दिए । “लामो समय पछि हामीले यो प्रतियोगिताको तयारी थालेका हौं । यो प्रतियोगिताले प्रदेश र विभागका खेलाडीहरुलाई समेत उत्साहित बनाउने विश्वास लिएका छौं,” उनले भने ।

पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहल र पोखरा ह्याण्डबल एकेडेमीमा लिगकम नक आउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा पोखरा ह्याण्डबल कप उपाधि बिजेता टिमले नगद रु १ लाख, उपविजेताले नगद ५० हजार र तेस्रो हुने टिमले नगद रु ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद ५–५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगिता सम्पन्न गर्न करिव १४ लाख खर्च हुने गण्डकी प्रदेश ह्याण्डबल संघले जनाएको छ । प्रतियोगितालाई कास्की जिल्ला ह्याण्डबल संघले प्राविधिक सहयोग गर्ने छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ