प्रथम पिङ्क सिटी महोत्सव कप सुरु, वालिङ्को विजयी सुरुवात

प्रथम पिङ्क सिटी महोत्सव कप सुरु, वालिङ्को विजयी सुरुवात

pcmc waling

स्याङ्जाको वालिङ् खेलमैदानमा प्रथम पिङ्क सिटी महोत्सव कप सुरु भएको छ । वालिङ् चेम्बर अफ कमर्सद्वारा आयोजित प्रथम पिङ्क सिटी महोत्सवको अवसरमा स्याङ्जा जिल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको प्रथम पिङ्क सिटी महोत्सव कप आजदेखि सुरु भएको हो ।

उक्त कपको सुरुवातमा वालिङ् र चापाकोट नगरपालिकाबीच प्रतिस्पर्धा भएको थियो । वालिङ्ले चापाकोट नगरपालिकालाई ३ – १ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । वालिङ्ले चापाकोटमाथी २५ – २३, २७ – २९, २५ – २२ र २५ – १९ को अङ्कले जित हासिल गरेको हो ।

प्रतियोगितामा वालिङ्, चापाकोट, पुतलीबजार, गल्याङ, भीरकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकाको सहभागिता रहेको छ । यस प्रतियोगितामा पालिका बाहिरका तीनजना खेलाडी समावेश गर्न पाइने खेल संयोजक उमराज गुरुङले बताए ।

चैत २ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टिमले एक लाख ५५ हजार रुपैयाँ र उपविजेताले एक लाख पाँच हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।

यस्तै, तेस्रो हुने टिमले ५५ हजार र चौथों हुनेले ३० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी मध्ये व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई पाँच हजार रुपैयाँ नगद र बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट सर्भर, बेस्ट ब्लकर र बेस्ट डिफेन्डरलाई तीन/तीन हजार रुपैयाँ नगद प्रदान गरिने खेल संयोजक गुरुङले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ