पोखरामा पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ हुँदै

सांगीतिक साँझ

पोखरामा पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ हुँदै

चैत २२ गते पोखरा सभागृहमा

thumbail

पोखरा।  वरिष्ठ लोकगायक तथा संगीतकार पुरुषोत्तम न्यौपानेका गीत प्रत्यक्ष रुपमा प्रस्तुत गर्न ‘पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ’ हुने भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा चैत २२ गते पोखरा सभागृहमा सांगीतिक साँझ आयोजना हुन लागेको प्रतिष्ठान केन्द्रीय सचिव शंकर विरही गुरुङले जानकारी दिए ।

स्याङजाको कालीगण्डकी गाउँपालिका–५ बलाम बेलटारीमा विसं २०२९ सालमा जन्मिएका पुरुषोत्तम २०४६ सालमा ‘बलाम देबीथान’ बोलको गीत गाएर सांगीतिक यात्रा प्रारम्भ गरेका थिए । उनको स्वरमा हजार बढी गीत सार्वजनिक भइसकेका छन् ।

न्यौपानेका ‘सरर पानी घट्टमा’, ‘घामजस्तो चम्किलो जुन हुँदैन’, ‘रुन्छ नि मन किन रुँदैन’, ‘ऐना हेरेर’, ‘मायाले मार्‍यो’, ‘मिर्मी मुनि काली थुनेको’, ‘ढुंगेधारामा’, ‘देउरालीमा धजा’लगायत गीत चर्चित छन् । स्याङजामा जन्मिए पनि उनी पोखरामा बसेर संगीत कर्ममा आझै सक्रिय छन् । उनी रेडियो नेपालमा कार्यक्रम अधिकृत पनि हुन् ।

स्वदेशदेखि अमेरिका, अस्ट्रेलिया, क्यानाडा, युरोप, जापान, लगायतका धेरै देशहरुमा आफ्नो प्रस्तुती दिएका न्यौपाने म्युजिक नेपाल अवार्ड लगातार तीनपटक पाउने र हालसम्मकै एक मात्र कलाकार हुन् । उनले थुप्रै सम्मान, पुरस्कार र अवार्ड जितिसकेका छन् ।

जीवन संगीनी भगवती न्यौपानेसँग सुखद दाम्पत्य जीवन बिताइरहेका गायक न्यौपानेका एक छोरा र एक छोरी छन् । न्यौपाने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्वअध्यक्ष हुन् ।

प्रतिष्ठानले गत वर्ष भदौ १५ मा ‘नारायण रायमाझी सांगीतिक साँझ २०८०’ आयोजना गरेको थियो । रीता थापाको कार्यकालबाट वर्षेनी एक प्रतिष्ठित लोकदोहोरी कलाकारलाई प्रस्तुत गर्ने कामको सुरुवात भएको हो। एक महिला नेत्रीले सम्हालेको लोक दोहोरी गीत प्रतिष्ठानको यो एक प्रतिष्ठीत कार्यक्रम हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ