गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र नहुने भन्दै पूर्व राजा ज्ञानेन्द्र शाहलाई नहौसिन आग्रह गरेका छन्। उनले फालिसकेको राजाले पनि लोकतन्त्रको उपयोग गरिहेको बताउँदै त्यसलाई कमजोरीका रूपमा नलिन पनि चेतावनी दिए।
आइतबार सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले जनताले आन्दोलन गरेर फालिसकेको राजसंस्था र राजालाई लोकतन्त्रमा प्रवेश गरिसकेका जनताले फेरि फर्काएर ल्याउँछन् भनेर कसैले विश्वास गर्न नहुने बताए।
‘केही मानिसहरूले र पूर्वराजाले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भनेर भ्रम फैलाइरहेका छन्,’ गृहमन्त्री लेखकले भने, ‘त्यो भ्रमबाट पूर्वराजा हौसिन आवश्यक छैन।’ उनले आन्दोलनबाट फालिसकेका राजा नेपालमै बसेर सबै स्वतन्त्रता उपभोग गरेको इतिहास विरलै हुने बताए। ‘सामान्यतयाः आन्दोलनबाट वा क्रान्तिबाट फालिएको राजसंस्थाका राजा आफ्नै देशमा सबै स्वतन्त्रता उपभोग गरेर बसेको इतिहास विरलै देखिन्छ,’ उनले भने, ‘यो लोकतन्त्रको सुन्दरता हो।’
उनले नेपालको लोकतन्त्र संयमित, उदार, परिस्कृत र सहिष्णु रहेको बताउँदै यसलाई कमजोरीका रूपमा नलिन राजा र उनका समर्थकहरूलाई चेतावनी दिए।
‘नेपालको लोकतन्त्र यति संयमित, उदार, परिस्कृत र सहिष्णु छ कि जनताले फालिसकेको राजतन्त्रका राजा पनि सबै स्वतन्त्रता र अधिकारलाई उपभोग गरेर बसिराख्नु भएको छ,’ उनले भने, ‘यसलाई लोकतन्त्रको कमजोरीका रूपमा कसैले पनि नलिओस्।’
सम्बन्धित खबर
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
राष्ट्रपतिको प्रधानमन्त्रीलाई सुझाव– निर्वाचनको मितिमा दायाँबायाँ नहुने गरी ध्यान केन्द्रित गर्नू
अख्तियार पूर्वसचिव भीम उपाध्यायलगायतविरुद्ध सर्वोच्च पुग्यो
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की