पूर्वराजाको स्वागतमा सडकमा फोहोर गरेपछि राप्रपालाई काठमाडौं महानगरको १ लाख जरिवाना

पूर्वराजाको स्वागतमा सडकमा फोहोर गरेपछि राप्रपालाई काठमाडौं महानगरको १ लाख जरिवाना

rajendra lingden balen shah

काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर तथा भौतिक क्षति पुर्‍याएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई एक लाख रुपैयाँ जरिवाना गरेको छ।

महानगरका अनुसार, आइतबार राप्रपाले आफ्नो पार्टी कार्यालय धुम्बाराहीबाट आयोजना गरेको कार्यक्रममा सहभागीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, तिलगंगा, गौशाला लगायतका सार्वजनिक स्थानका सडक, सडकपेटी, आईल्याण्ड, तथा त्यहाँ रहेका बिरुवा र रेलिङमा क्षति पुर्‍याएका थिए। साथै, उनीहरूले जथाभावी फोहोर फालेर वातावरण प्रदूषण समेत गरेको महानगरको दाबी छ।

महानगर प्रहरी बलका निरीक्षकद्वारा जारी पत्रमा उल्लेख भएअनुसार, फोहोरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७, तथा आर्थिक ऐन, २०८१ को आधारमा कारबाही गरिएको हो।

यसअनुसार, राप्रपालाई एक लाख जरिवाना तिर्न महानगरपालिकाले अनुरोध गरेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ