खोटाङ — माओवादीबाट साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्षमा विजयी भएका अर्जुनकुमार कटवाललाई जानकारीबिनै अमेरिका बसेको भन्दै निलम्बन गरिएको छ । माओवादी केन्द्र कोशी प्रदेश समितिले खड्कालाई अनिश्चितकालका लागि निलम्बन गरेको हो ।
एक वर्षदेखि पार्टी र सम्बन्धित निकायलाई जानकारी नदिई अमेरिका बसेपछि पार्टीले फर्किएर कार्यभार सम्हाल्न आग्रह गर्दा समेत बेवास्ता गरेको भन्दै प्रदेश समितिले निलम्बन गरेको माओवादी केन्द्र खोटाङका संयोजक दीपक पाण्डेले बताए । २०८० माघ १७ गतेदेखि जानकारीबिनै अमेरिका बसेको र जनताको काममा समस्या भएको भन्दै कारबाहीका लागि माओवादी केन्द्र साकेला गाउँपालिका कार्यसमितिले गत पुस–११ गते सिफारिस गरेको पाण्डेले बताए ।
वडाध्यक्ष अनुपस्थित हुादा जनताले पाउने सेवा, सुविधा, विकास निर्माण लगायतका सम्पूर्ण सेवा प्रभावित भएको भन्दै स्थानीयले आन्दोलन गर्दै आएका थिए । भ्रमणमा अमेरिका छिरेका कटवाल नफर्केपछि मात्तिमका पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित सर्वदलीय/सर्वपक्षीय समितिले तत्काल समस्या समाधान गर्न माग गर्दै गत कात्तिकमा वडा कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।
कटवाल २०७९ सालमा पनि साढे दुई महिना अमेरिका बसेर फर्किएका थिए । त्यसबेला कटवालले वडा सदस्यलाई कार्यवाहक तोकेर गएका थिए ।
सम्बन्धित खबर
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की