पूर्वराजाको आजको स्वागत र्‍याली ‘माग्ने राजा’ फिल्मका लागि खिचियो

पूर्वराजाको आजको स्वागत र्‍याली ‘माग्ने राजा’ फिल्मका लागि खिचियो

Magne-Raja

पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पोखराबाट काठमाडौं आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो भीडले स्वागत गर्‍यो । पूर्वराजाको समर्थनमा उत्रिएको यो सबैभन्दा ठूलो भीड हो ।

यही भीडको दृश्य फिल्म ‘माग्ने राजा’मा समावेश हुने भएको छ । फिल्मका लेखक सामिप्यराज तिमल्सेनाका अनुसार विमानस्थलदेखि गौशलासम्म क्षेत्रको भीड फिल्मका लागि खिचिएको छ ।

फिल्ममा राष्ट्रका नाम जनसागर उत्रिएको दृश्य आवश्यक भएकाले आजको भीड उचित भएको उनको भनाइ छ । भन्छन्, ‘फिल्ममा राष्ट्रका नाममा जनसागर उत्रिएको दृश्य आवश्यक छ । पार्टीको झण्डाहरु नबोकेको भीडको दृश्य चाहिन्थ्यो । आज उपयुक्त दिन पर्‍यो ।’

पूर्वराजाको दृश्य भने फिल्ममा समावेश नहुने लेखक तिमल्सेना बताउँछन् । थप्छन्, ‘राजा वा राजावादी आन्दोलनको प्रसंग फिल्ममा छैन ।’

फिल्म ‘माग्ने राजा’मा नायक आर्यन सिग्देल, कलाकार केदार घिमिरे ‘माग्ने बूढा’, विल्सनविक्रम राई, नायिका वर्षा सिवाकोटी मुख्य भूमिकामा छन् ।

फिल्मको निर्देशक ऋषि लामिछाने र निर्माता मुनाल घिमिरे हुन् । प्रदर्शन मिति आगामी तीजलाई तोकिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ