पोखरा महानगरपालिका–८ न्यूरोडस्थित शर्मा आईटी हबमा भएको आगलागीमा संलग्न रहेको आशङ्कामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार २०८१ फागुन १६ गते साँझ ७:०५ बजे शर्मा आईटी हबमा आगलागी भएको सूचना पाएपछि प्रहरी र दमकल टोली खटिएको थियो। आगो करिब ७:४५ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो ।
प्रहरीका अनुसार पसलका सञ्चालक पर्साको जगरनाथपुरका रमेश शर्मा लोहारले १ करोड बराबरको बीमा गराएको पाइएको छ । घटनापछि उनले शिखर इन्स्योरेन्स कम्पनीमा क्षतिपूर्ति दाबी गरेका थिए ।
अनुसन्धानका क्रममा पसल दुई दिनअघिदेखि बन्द रहेको, कामदारहरू बिदामा रहेका र आगलागीको कारणबारे संदेहजनक विवरण प्रस्तुत गरिएको पाइएकाले अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
घटनाको प्रकृति, संकलित प्रमाणहरू तथा अन्य तथ्यहरूको आधारमा बीमा रकम दाबी गर्न नियोजित रूपमा आगलागी गराइएको आशङ्कामा उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका व्यक्तिमाथि ‘आपराधिक प्रवेश तथा आपराधिक उपद्रव’ सम्बन्धी कसुरमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थपिएको प्रहरीले जनाएको छ ।
गत साउन १६ गते पोखराको लेकसाइड, नारेश्वरचोकस्थित मुक्तिनाथ सपिङ सेन्टरमा भएको आगोलागी घटनामा विद्युत् सर्ट भएर आगलागी भएको भनिएपनि बीमाको लोभले पसल सञ्चालक आफैले लगाएको खुलेको थियो ।
सो अभियोगमा पसल संचालक स्याङ्जा आँधीखोला वडा नं. ४ का ३६ वर्षीय सुजन गहतरात र उक्साउने ४३ वर्षीय पवन नेपाल पक्राउ परेका थिए। पोखरा १७, ड्यामसाइडका गहतराज पसल संचालक हुन् । उनले डा. थानेश्वर पहारीको घरमा पवित्रा अधिकारीको नाममा केही वर्षदेखि उक्त पसल संचालन गर्दै आएका थिए ।
सम्बन्धित खबर
बीमा रकमका लागि पोखरामा फेरि आफ्नै पसलमा आगो ! पसल सञ्चालक पक्राउ
धर्मका नाममा कानुन विपरितका काम नगर्न पोखरा महानगरको चेतावनी
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पोखरामा प्रभातफेरी
चैत तेस्रो सातादेखि पोखराबाट ल्हासामा नियमित उडान हुँदै
स्ववियु निर्वाचन: जनप्रियमा अखिलको नेतृत्व गर्दै आविष्कारको उम्मेदवारी घोषणा
स्ववियु निर्वाचन: पिएन क्याम्पसमा १२ संगठन दर्ता
यो पनि पढौँ
आठौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी प्रतियोगिता प्रतिष्ठान बागलुङले जित्यो
पोखरा कोटीहोम विवादः भूमिपूजन गरेपछि नगर प्रहरी र आयोजकबीच झडप [तस्वीरहरू]
बीमा रकमका लागि पोखरामा फेरि आफ्नै पसलमा आगो ! पसल सञ्चालक पक्राउ
बालेनलाई गण्डकीका स्वास्थ्यमन्त्रीले भने – के हो भाइ तिम्रो पारा ?