पोखरा । गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) को २० प्रतिशत सजाय छुट भएको छ ।
ज्यान मार्ने उद्योगमा दोषी ठहर भई जेलमा रहेका मनाङेलाई जिल्ला अदालत काठमार्डौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले शुक्रबार उनले माग गरे बमोजिम २० प्रतिशत सजाय छुट दिन आदेश दिएको हो।
२० प्रतिशत छुट पाउँदा मनाङेको कैद सजाय १ वर्ष घट्नेछ।
मनाङले मुलुकी ऐन दण्ड सजायको ४१ (क) अनुसार २० प्रतिशत कैद छुटको माग गर्दै फागुन १२ गते निवेदन दिएका थिए।
मुलुकी ऐन, दण्ड सजाय महलको दफा ४१ (क) मा अन्तिम फैसला भएको ६० दिनभित्र अदालतमा आत्मसमर्पण गरेमा कैद र जरिवानामा २० प्रतिशत छुट दिने व्यवस्था छ।
सोही व्यवस्थाअनुसार उनले कैद छुट माग गरेका थिए। तरबारले चक्रे मिलन भन्ने मिलन गुरूङको हात काटेको घटनामा मनाङेलाई ५ वर्ष कैदको फैसला भएको थियो।
२० वर्ष पहिलेको घटनामा सर्वोच्चले पनि मनाङेलाई दोषी ठहर गर्दै ५ वर्ष कैदको फैसला सुनाएको थियो। घटनालगत्तै पक्राउ परेका उनले २ वर्ष ८ महिना कैद भुक्तान गरिसकेका छन्।
अब २ वर्ष ४ महिना कैद बाँकी रहे पनि उनले एक वर्ष नै कैद छुट पाएका हुन्। उनले बाँकी १६ महिना मात्रै कैद भुक्तान गरे हुने भएको छ।
मनाङे २०८१ कात्तिक २७ गते डिल्लीबजार कारागार चलान भएका थिए।
कात्तिक २० गते सर्वोच्च अदालतले पनि उच्च अदालत पाटनकै फैसला सदर गरेको थियो।
सम्बन्धित खबर
पोखरामा लागू औषधसहित २ जना पक्राउ
नवलपुरमा बाबुआमाले जाँड–रक्सी खाएर लछारपछार गर्दा चार महिने शिशुको मृत्यु
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
१३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ
प्रहरी जवानको परीक्षामा सहभागी नक्कली परीक्षार्थी पोखराबाट पक्राउ
११ वर्षीया नाबालिकलाई करणी गरेको आरोपमा स्याङ्जाका एकजना पक्राउ
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध