पोखरा महानगर टि–२० क्रिकेट प्रतियोगितामा कास्कीको दाश्रो जित

पोखरा महानगर टि–२० क्रिकेट प्रतियोगितामा कास्कीको दाश्रो जित

Pokhara Mahanagar Cricket News

पोखरा । पोखरा महानगरपालिका दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोतिगामा कास्की क्रिकेट क्लवले दोश्रो जित दर्ता गरेको छ ।

पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा व्यवस्थापनमा भइरहेको प्रतियोगिता अन्र्तगत बिहीबार भएको खेलमा कास्कीले गण्डकी क्रिकेट क्लवलाई २६ रनले पराजित गर्दै दोश्रो जित दर्ता गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको कास्कीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०५ रन बनाएको थियो । कास्कीका लागि विश्वास पराजुलीले ४१ ब्लमा ६७ रन र आदित्य थापाले १६ बलमा २७ रनको योगदान दिए ।

२०६ रनको विशाल लक्ष्य पछ्याएको गण्डकी निर्धारित २० ओभर सकिँदा ३ विकेट गुमाएर केवल १७९ रनमा समेटियो । उत्कृष्ट शुरुवात गरेको गण्डकीकालागि ओपनिङ पार्टनर सुरज अधिकारी र भुवन भट्टराईले १३८ रनको विशाल साझेदारी गरेपनि हार टार्न सकेन् । सुरजले ४४ बलमा ६२ रन र भुवन भट्टराईले ४१ बलमा ५६ रन बनाए ।

बिहीबारको खेलमा विश्वास पराजुली प्लेयर अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्र्तगत शुक्रबार पहिलो खेलमा लेखनाथ युथ क्रिकेट क्लव र पोखरा क्रिकेट क्लव तथा दोश्रो खेलमा गण्डकी स्पोर्टस् क्लव र अरण्यज्योति क्रिकेट क्लव प्रतिस्पर्धामा उत्रिने छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ