गण्डकी प्रदेश साहसिक पर्वतीय खेल पर्यटनको हब बन्न सक्नेछः प्रदेश प्रमुख भट्ट

पर्वतीय खेलकुद

गण्डकी प्रदेश साहसिक पर्वतीय खेल पर्यटनको हब बन्न सक्नेछः प्रदेश प्रमुख भट्ट

अल्पाइन स्पोर्ट्स फेडेरेशन, गण्डकी प्रदेशको प्रथम साधारणसभा

pp bhatta alpine (3)

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेशलाई साहसिक तथा पर्वतीय खेलकुद पर्यटनको हबका रुपमा विकास गर्न सकिने बताएका छन् ।

अल्पाइन स्पोर्ट्स फेडेरेशन, गण्डकी प्रदेशको प्रथम साधारणसभामा प्रमुख अतिथि भट्टले नेपाल विश्वमै लोकप्रिय साहसिक तथा पर्वतीय खेलको केन्द्रबिन्दु बन्न सक्ने बताउँदै मुलुकभित्र पनि गण्डकी प्रदेशलाई हबका रुपमा विकास गर्न सकिने बताए।

‘गण्डकी प्रदेशलाई हिमाल पारीको जिल्ला मुस्ताङ र मनाङ गण्डकी प्रदेशमा अवस्थित छन् । मनोरम माछापुच्छ्रे, धौलागिरी, अन्नपूर्ण हिमश्रृंखलालाई ऐना बनाएर खेल खेल्नका लागि विदेशबाट खेलाडीहरु यहाँ ल्याउन सकिन्छ ।’ – प्रदेश प्रमुख भट्टले भने ।

गण्डकी प्रदेश सरकार, संघ सरकार र स्थानीय तहहरुले पनि धेरैअघिदेखि केही प्रयास गरेको पाएको बताउँदै उनले राष्ट्रिय खेलकुद परिषदको अगुवाईमा मनाङको तिमाङमा ‘हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’ निर्माण, मुस्ताङको लोमाञ्थाङमा विश्वकै अग्लो गल्फ कोर्स निर्माण, गण्डकी प्रदेश सरकारले मुस्ताङको बारागुङ मुक्तिक्षेत्रमा हाई अल्टिच्युड खेल मैदान तथा ट्रेनिङ सेन्टर निर्माण प्रक्रिया अघि बढाउनु सकारात्मक पक्ष रहेको बताए ।

पर्वतीय तथा उच्च हिमाली क्षेत्रमा खेलिने खेललाई आवश्यक मैदान तथा भौतिक पूर्वाधारको अभाव, जनशक्ति अभाव तथा समुदायबाट टाढा रहेर खेल्नुपर्ने जस्ता समस्याहरु भोग्नुपर्ने भएकाले राज्यले अब खेल पर्यटनलाई बढावा दिई यस्ता सम्भावना युक्त क्षेत्रहरुमा लगानी बढाउन आवश्यक रहेकोमा उनले जोड दिए ।

‘आवश्यक पूर्वाधारहरुको विकास गर्दै खेलकुद मार्फत पर्यटक आकर्षित गरेर राष्ट्रिय आम्दानी बढाउन सकिनेछ ।’ उनले भने – ‘यसै आवश्यकतालाई मध्यनजर गर्दै गण्डकी खेलकुद परिषद्को स्वीकृतिमा अल्पाइन स्पोर्टस् फेडेरेशन, गण्डकी प्रदेश स्थापना भएकोमा खुशी लागेको छ ।

साहसिक, पर्वतीय, हिमाली, उच्च हिमाली, अल्पाइन तथा हिउँजन्य खेलमार्फत् पर्यटन प्रवद्र्धन, आर्थिक उन्नति तथा खेल क्षेत्रको विकासमा योगदान पु¥याउन विशेष खेलसंघको रुपमा अल्पाइन स्पोर्टस् फेडेरेशन, गण्डकी प्रदेश स्थापना गरिएकोमा उनले प्रगतिको कामना पनि गरे ।

फेडेरेशनले अल्पाइन तथा पर्वतीय, साहसिक खेलहरु आयोजना, यससँग सम्बन्धित सीपमुलक तालिम सञ्चालन, ट्रेकिङ गाइड, वाल क्लाइम्बिङ साथै हिउँसँग सम्बन्धित सीपमूलक र प्रवद्र्धनात्मक कार्यहरु, उद्धार सेन्टर, अल्टिच्युड सम्बन्धी तालिम तथा भौतिक पूर्वाधार निर्माण एवं समन्वय लगायतका योजनाहरु राखेकोमा उद्देश्यप्राप्तिको लागि शुभकामना पनि व्यक्त गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ