काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको पछिल्लो स्टाटसप्रति गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्ण पाठकले कडा प्रतिक्रिया दिएका छन् ।
फेसबुकमार्फत मन्त्री पाठकले मेयर साहको कार्यशैलीमाथि प्रश्न उठाउँदै लेखेका छन्, ‘यथेष्ट प्रमाण जुटाएर प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही गर्न नसक्ने, छानबिन समितिको प्रतिवेदन लुकाउने, बहालवाला प्रमुख प्रशासकीय अधिकृतलाई गेटबाट भित्र पस्न नदिने अनि कार्यकारी पठाएन भनेर प्रधानमन्त्रीलाई आक्रोश पोख्नेरु के हो बालेन भाइ तिम्रो पारा ।’
उनले आफूहरू पनि कार्यकारी ठाउँमै बसेर काम गरिरहेको उल्लेख गर्दै नियम, कानुन र कार्यविधिभन्दा माथि कोही हुँदैन, तिमी पनि छैनौं भन्ने चेतावनी दिएका छन्। पाठकले बालेन साहको नेतृत्वमाथि थप कटाक्ष गर्दै भनेका छन्, ‘चार भागको एक भाग पनि पूँजीगत खर्च गर्न नसक्नेका कुरा चर्का तिम्राजस्ता चर्का कुरा अरूलाई पनि गर्न आउँछ भन्ने हेक्का राख, भाइ ।’

पाठकले यसअघि रास्वपा सभापति रवि लामिछाने मुछिएको सहकारी प्रकरणमा र नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेकी परराष्ट्रमन्त्री डा आरजू राणा मुछिएकी छन् भनेर फेसबुक स्टाटस लेखेका थिए ।

त्यस्तै, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र क्रिकेट खेलाडी सन्दीप लामिछानेको मुद्दामासमेत विवादित अभिव्यक्ति दिएका थिए ।

सम्बन्धित खबर
पुतलीबजार मेयर कपको उपाधि वडा ७ र १२ लाई
बागलुङमा ८० वर्षीय वृद्धले आफ्नै शरीरमा पेट्रोल खन्याएर लगाए आगो
लमजुङमा नुहाउने क्रममा खोलामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु
मुस्ताङमा ३४ बोरा अवैध शालिग्राम बरामद
बागलुङमा जिप दुर्घटना हुँदा १० जना घाइते
नयाँ वर्षमा स्नान गर्न पुगेकी एक महिला कालीगण्डकीमा बेपत्ता
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु