बागलुङ नगरपालिकाले वितरण गर्‍यो किसानलाई अनुदानमा मौरीसहितका घार

बागलुङ नगरपालिकाले वितरण गर्‍यो किसानलाई अनुदानमा मौरीसहितका घार

bee-farm

सांकेतिक तस्बिर

बागलुङ । किसानलाई आयआर्जनमा सघाउन बागलुङ नगरपालिकाले आफ्नो कार्यक्षेत्रका ५८ किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ । किसानलाई ५० प्रतिशत अनुदानमा घार वितरण गरिएको हो ।

नगरपालिकाले किसानसँगको सहलगानीमा रु. सात हजार ७०० मा मौरीसहितको घार खरिद गरेर वितरण गरेको बागलुङ नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले जानकारी दिए ।

‘मौरीपालनमार्फत आय आर्जन बढाउन नगरपालिकाले अनुदान दिएको हो,’ उनले भने । नगरपालिका र ५८ किसानको रु. चार लाख ४६ हजार लागतमा मौरीसहितका घार वितरण गरिएको उनले बताए । विगतमा पनि नगरपालिकाले थ्रेसर, मिनी टिलर हलो र मौरीका घार वितरण गरेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ