युआरएलमा अपोलोका सेवा सुरु

युआरएलमा अपोलोका सेवा सुरु

url health care (2)

युआरएल हेल्थ केयर प्रालिले पोखरामा भारतको विश्व प्रसिद्ध अपोलो हस्पिटलको सूचना केन्द्र स्थापना गरेको छ । प्रालिले पोखरा–१२, हस्पिटल चोकमा गण्डकी प्रदेशका लागि स्थापना गरेको अपोलो हस्पिटल्स इन्फर्मेसन सेन्टर शनिबार आयोजित कार्यक्रममा सेन्टरका प्रबन्ध निर्देशक अभिषेक दुगड र वरिष्ठ पेट रोग विशेषज्ञ डा सत्यदीप भट्टाचार्यले संयुक्त रुपमा उद्घाटन गरे ।

कार्यक्रममा डा भट्टाचार्यले जटिल प्रकृतिका क्यान्सर, अंग प्रत्यारोपण जस्ता समस्याको निदानका लागि अपोलो लोकप्रिय रहेको बताए । भारतको सर्वाेत्कृष्ट हस्पिटलमा पर्ने अपोलोले भारतभर छ दर्जनभन्दा बढी हस्पिटल चलाएको छ । अपोलो ग्रुपले सञ्चालन गरेको यी हस्पिटलमा बर्सेनि नेपालबाट क्यान्सर, मुटुरोग, कलेजो रोग, आन्द्राका समस्या, बाथ जस्ता रोगका जटिल प्रकृतिका समस्या भएका बिरामी जान्छन् ।

अपोलोमा उपाचारका लागि जार्नैपर्नेलाई आवश्यक सहजीकरण गर्न र कतिपय सेवा यही उपलब्ध गराउन इन्फर्मेसन सेन्टर खोलिएको हेल्थ केयरका अध्यक्ष गणेशप्रसाद कोइरालाले जानकारी दिए । ‘उपचारका लागि जानैपर्ने बिरामीलाई यहाँबाट कसरी जाने, केके तयारी गरेर जाने सल्लाह दिन्छौं, यहीबाट डाक्टरको एप्वाइन्टमेन्ट बुकिङ गर्न मिल्छ,’ उनले भने, ‘उपचारपछि आवश्यक औषधी यही उपलब्ध गराउँछौँ ।’

फलोअपका लागि अपोलो नै जानुपर्ने झन्झट कम गर्न टेलिमेडिसिन सेवासमेत यही उपलब्ध छ । अध्यक्ष कोइरालाले भने, ‘यही परिवारसहित बसेर विशेषज्ञसँग छलफल गरी परामर्श र उपचारको सेवा पनि दिन्छौँ । त्यसका लागि ठूलो स्क्रिन र छुट्टै कक्षको व्यवस्था छ ।’ हेल्थ केयरका सल्लाहकार ठाकुरप्रसाद पन्तले युआरएलले रोगहरुको निदानमात्र नभई पोखरामै जटिल प्रकृतिका उपचार सेवा दिनेतर्फ ध्यान दिएको जनाए ।

‘जटिल रोगहरुको उपचार र परामर्श पनि यही सम्भव गराउने लक्ष्य हो,’ उनली भन्छन्, ‘विदेश जानैपर्ने भएमा पनि जान, उपचार गर्न सहज होस् भनी सेवा दिने, औषधी, फलोअप र परामर्श यहीबात दिलाउने छौँ ।’ उद्घाटनको अवसरमा शनिबार भएको निशुल्क स्वास्थ्य शिविरमा ख्यातिप्राप्त क्यान्सर रोग विशेषज्ञसहितको टोलीले सेवा दिएको छ ।

शिविरमा १ सय ५१ जनाले सेवा लिएका छन् । कार्यक्रममा क्यान्सरलाई जितेकी लक्ष्मी शर्मा भट्टराईले ७४ पटक किमोथेरापी लिएको जनाइन् । उनले नेपालमै क्यान्सरको राम्रो उपचार हुनेमा आफू विश्वस्त रहेको जनाउँदै औषधी, उपचारसँगै क्यान्सर जित्न आत्मबल चाहिने अनुभव सुनाइन् ।

कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेटर मीनबहादुर गुरुङ सरकारले सुरु गर्न नसकेका सेवा निजी क्षेत्रबाट आरम्भ हुनु सुखद् भएको बताए । वरिष्ठ सर्जन प्राडा अर्जुन आचार्यले विश्वसनीय रेफरेन्स ल्याब चलाइरहेको युआरएलले अपोलोको सूचना केन्द्रसहित जटिल रोगहरुसहितको विशेषज्ञ सेवा सुरु गर्दा सर्वसाधारणलाई उपचारमा सहज हुने उल्लेख गरे । कार्यक्रममा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदीप थापाले पनि बोलेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ