डिजेल र मट्टीतेलको मूल्य घट्यो, पेट्रोलको यथावत्

डिजेल र मट्टीतेलको मूल्य घट्यो, पेट्रोलको यथावत्

Petrol-diesel-prices-hiked

पोखरा । डिजेल र मट्टीतेलको मूल्य घटेको छ ।

गएराति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य लिटरमा एक रुपैयाँका दरले घटाएको नेपाल आयल निगमले जनाएको छ ।

मूल्य घटेसँगै डिजेल÷मट्टीतेलको भाउ प्रतिलिटर पहिलो वर्गमा एक सय ५२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५४ रुपैयाँ र तेस्रो वर्गमा एक सय ५५ रुपैयाँ कायम भएको छ ।

यस्तै पेट्रोल, आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फ हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत् रहेको निगमले जनाएको छ ।

पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन् । यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाण्डौ, पोखार र दिपायल पर्छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ