गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । रोजगारी र शिक्षाका लागि विदेशी युवाको भीड दैनिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल देखिन्छ । आर्थिक वर्ष २०८०÷८१ सालमा ७ लाख ४१ हजार युवा रोजगारीका लागि विदेश गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ । नेपालीहरु वैदेशिक रोजगारीमा सबैभन्दा बढी यूएई जान्छन् ।
पछिल्लो समय यूरापेली देशमा पनि नेपालीले आफनो गन्तव्य रोज्न थालेका छन् । वेरोजगारी, विदेश पलायन, राजनीतिक अस्थिरताको प्रभाव समाजमा प्रत्यक्ष परिरहेको छ । समाजमा देखिएको निराशा पछिल्लो समय सडकमा अराजकतामा परिणत हुँदै देखिनपनि थालिएको छ । समाजमा देखिएको निराशाको कारण के ? समाजमा आशालाग्दा विषय नभएका हुन् ? यही विषय पोखरामा भइरहेको १२ औँ एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलमा अन्तरसंवाद भयो ।
सरकारले निराशा चिर्न परिणाममुखी काम गर्न सक्नु अहिलेको कमजोरी रहेको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताए । फेस्टिभलमा भइरहेको निराशा ः व्याख्या र वास्तविकता सत्रमा वक्ता रुपमा बोल्दै थापाले सरकारमा सेन्स अफ अर्जेन्सी नभएको विचार राखे ।
‘निराशालाई चिर्नका लागि एक्सन र रिजल्टबाट हुनुपर्ने कुराहरुमा मजाले मस्ती छ मसँग संख्या छ दुईतीहाई छ भनेको जस्तो जून चाहिँ ढुक्क देखिन्छ । सेन्स अफ अर्जेन्सी देखिदैन,’ गगनले भने ।
सहजकर्ता तथा पत्रकार उमेश चौहानको प्रश्नको जवाफ दिँदै सत्रमा आएर आफूले प्रश्न गरिरहँदा सरकारको कमिकमजोरीबाट आफूपनि भाग्न नमिल्ने गगनको भनाइ थियो ।
‘त्यो नदेख्दै गर्दा मेरो पनि प्रश्न नै प्रश्न छ तर यसको अर्थ मैले यहाँ प्रश्न गरे यो गरे भन्ने होइन म सरकार सञ्चाल गर्ने जिम्मेवार ठाउँमा भएकाले मेरो संलग्नता भए पनि नभएपनि यसभित्र भएका कमीकमजोरी बाट म भाग्न हुँदैन भाग्दिनँ, यसको सबै दोष पनि मैले यहाँबाट भोगेर जानुपर्छ,’गगनले भने ।
निराशाकै बिचमा आशा रहेको टिच फर नेपाल फेलोसिपकी सहसंस्थापक एवं प्रमुख कार्यकारी अधिकृत स्वास्तिका श्रेष्ठले भनिन् ।
‘चूनौती छैन भन्ने खोजेको पनि होइन फेरि आशा भनेको एकदमै अन्धो आशा भन्न खोजेको पनि होइन समूदायमा आशापनि छ निराशा पनि छ । आशालाग्दा कुरापनि छ अप्ठ्यारो पनि छन् । तर हाम्रो प्राथमिकता के हुन्छ भने यो कसको जिम्मेवारी हो,’ स्वास्तिाकाले भनिन् ।
सत्रमा वक्ताका रुपमा बोल्दै राजनीतिशास्त्रमा विद्यावारिधि गरेकासोसल साइन्स बहाःका सह–निर्देशक जीवन बानियाँले नेपालमा मात्र निराशा रहेको देश नभएको सुनाए । तर, निराशाको विन्दु र तत्वहरु मुख्य रहेको उनको भनाइ थियो ।
‘नेपालमात्र त्यस्तो देश होइन जहाँ निराशा छ । त्यही कुरा हो कि अलिकति निराशाको रेट कति छ ? कारक तत्वहरु के हो ? भन्ने कुरामा चाहिँ फरक हुनसक्छ । नेपालको सन्दर्भमा प्रमुख कारणहरु देखिन्छ । पहिलो कुरा भनेको रोजगारी, दोस्रो हाम्रो राजीनित यीनलाई विभिन्न अध्ययनहरुले पनि त्यही नै देखाइरहेको छ,’जीवनले भने ।
अस्थिर राजनीति र शासन व्यवस्थाले पनि समाजमा सोही खाल्को प्रभाव पर्ने उनले विचार राखे । यस्तै नेपालले कुनैपनि क्षेत्रमा राम्रो काम गर्न सकिरहेको विचार गलत रहेको सुनाए । विभिन्न क्षेत्रमा गरिरहेको काम आशा लाग्दो रहेको उनको भनाइ थियो ।
‘केही नभएको भने होइन । अहिले स्वास्थ्य सेवामा, धेरै राम्रो गरेको छ । आइटी, हाइड्रोमा राम्रो काम गरिरहेका छौँ,’उनले भने ।
यस्तै दर्शकबाट वक्ताहरु छवि सुबेदीले प्रश्न गर्दै भने,‘नेपाली जनता किन विदेशीन थाले ? नेपाली विद्यार्थी जगतले देश किन छोड्यो ? यसको चिन्ता खै माननीय गगन ज्यू तपाईँ युवा भनेर देशका जनताले आशा गरेका हुन् ?’
त्यसै क्रममा अर्का दर्शकले गगनलाई प्रदेशप्रति निराशा भइरहेको प्रश्न गरेका थिए ।
‘दलले बहुमत ल्याउनु सक्दैन भन्ने कुरामा सुधार गर्नुपर्छ । अर्को कुरा प्रदेशमा अधिकार आउनुपथ्र्यो । प्रदेश बलियो हुनुपथ्र्यो यति दुख गरेर ल्याएको व्यवस्थामा यो प्रदेश माथि यति धेरै आक्रमण भइरहेछ । केन्द्रको अधिकार प्रदेशमा ल्याउन कुरा मतलब नै गरे छैन प्रदेश प्रति निराशा भइरहेको छ,’तीनले भने ।
यसको जवाफ दिँदै थापाले प्रदेशलई स्केप गोट बनाउन खोजेको उत्तर दिए ।
‘हामीले संघले प्रदेशलाई दिनुपर्ने अधिकार केहीपनि नदिइकन संघीयताको सही अभ्यास नगरिकन फेरिक एउटा स्केप गोट प्रदेशलाई बनाउन खोजिरहेका छौँ,’गगनले उत्तर दिए ।
‘जनशक्ति थप्न सकेनौं, जनताको स्वास्थ्यमा पहुँच पुुगेन’
पोखरा । नेपालमा ३३ बर्ष पहिले एक हजार ११२ जना चिकित्सकको दरबन्दी थियो । २०४८ सालयता अहिलेसम्म पनि चिकित्सको दरबन्दीको हालत उस्तै छ । संघीयता कार्यन्वयनमा आएपछि प्रदेशले बल्लतल्ल ७०४ चिकित्सकको दरबन्दी थपेका छन् ।
२०४८ सालको जनसंख्या १ करोड ८० लाख थियो । पछिल्लो जनगणना अनुसार जनसंख्या बढेर २ करोड ९१ लाख पुुग्यो ।
पछिल्लो चार वर्षमा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको संख्या ८ हजार ६२४ हो । तीनै मध्यका ६ हजार ३६८ जनाले विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन् ।
यिनै तथ्याङ्क प्रस्तुत गर्दै पोखरामा जारी १२ औं संस्करणको एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिलमा पत्रकार योगेश ढकालले ‘स्वास्थ्य सेवामा जनताको पहुँच’ अन्तरसंवादको सुरुवात गरे । बिहीबार बिहान भूपी कक्षको पहिलो शेसनको अन्तरक्रियामा सहभागी थिए, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, मुटुुरोग विशेषज्ञ डा. भगवान कोइराला र मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा. सन्तोष शाक्य ।
स्वास्थ्य मन्त्री पौडेललाई ढकालले प्रश्न गरे, ‘२२५ दिनमा स्वास्थ्य मन्त्रालयको प्रयोगशालाबाट के–के डायग्नोष्टिक गर्नुभयो ? पेन किलर नै खाएरै ठीक हुनुुपर्ने रहेछ की सर्जरी नै गर्नुपर्छ भन्ने देख्नुुभयो ?’
स्वास्थ्यमन्त्री पौडेलको जवाफ थियो, ‘सर्जरी नै गर्नुपर्छ ।’ सेवा विस्तार गर्ने सन्दर्भमा केही न केही सुधार भएको उनको दाबी छ । ‘अनुुभूूति दिलाउन केही समय लाग्छ । सिटामोल दिएर हुन्छ या सर्जरी गर्नुपर्छ भन्ने सन्दर्भमा धेरै ठाउँमा सर्जरी गर्नुपर्छ । नीतिगत, व्यवस्थापकीय, लगानीको पक्षमा हामीले सर्जरी नै गर्नुपर्ने स्थिति देखिन्छ ।’
उनले राज्यले सबै क्षेत्रमा जनशक्ति बढाएपनि स्वास्थ्य क्षेत्रमा छुटाएको उनले बताए । ‘राज्यले यो बीचमा सबैलाई बढायो । तर, स्वास्थ्यलाई छुटायो । छुुटाउनै नहुने पक्षलाई छुटायो । त्यसलाई करेक्सन गर्नुपर्छ’, उनले भने, ‘अहिले हामी आइसकेपछि मन्त्रलायमा जनशक्ति थप गर्नका लागि मन्त्रिपरिषद्बाट ओएनएम स्वीकृत गराइसकिएको छ । मलाई विश्वास छ, केही समयमा ५०० चिकित्सकको विज्ञापन लोकसेवाले गर्ने स्थिति हामीले बनाउँछौं ।’
सरकारले ५०० चिकित्सको दरबन्दी सिर्जना गर्न स्रोतका दृष्टिले सम्भव नभएको डा. कोइरालाले जिकिर गरे । त्यसका लागि सार्वजनिक निजि साझेदारी मोडलमा जानुपर्ने उनले सुुझाए ।
‘पाँच सय चिकित्सकको दरबन्दी खोल्न सम्भव छैन । स्रोतको हिसाबले सरकारी पोर्टफोलियोबाट यो दरबन्दी सिर्जना गर्न सकिदैन । त्यसो हुँदा की भाग्नुप¥यो की यहींबाट विकल्प खोज्नुप¥यो’, उनले थपे, ‘भाग्ने भनेको देश छोड्ने भन्या होइन । सार्वजनिक निजि साझेदारी किन महत्वपूर्ण छ भने अहिले नेपालमा सफलतापूर्वक चलेका संस्थाहरु यही मोडलमा चलेका संस्थाहरुको उदाहरण दिन सकिन्छ ।’ नेपाल सरकारले कागजमा भएको व्यवहारमा उतार्न नसकेको यो नीतिलाई कार्यन्वयननको पहल थाल्नुपर्ने बताए ।
मन्त्री पौडेलले जनशक्तिसँगै उपकरण र पूर्वाधारको सन्दर्भमा पनि सुधार जरुरी रहेको बताए । उनको आग्रह थियो, ‘निराशा नबाँडौं धेरै पूर्ण भएको छैन । व्यवस्थित भएको छैन ।’
उनले जनसंख्या र शहर बढेपनि अस्पतालहरु भने बढ्न नसकेको सुनाए । ‘अब शहरहरु धेरै बने । पहिलेका शहरहरुमा मानिसहरु थपिए । तर, अस्पताल र अस्पताललाई चाहिने अरु पक्षहरु हामीले थप्न नसकेको कुरा सत्य हो’, उनको तर्क छ । जनसंख्याको अनुपातमा अस्पतालहरु थपिनुपर्नेमा मन्त्री पौडेलको जोड छ ।
मन्त्री पौडेलले आवश्यकताको आधारमा पहिलो प्राथमिकतामा अस्पताल थप्नुपर्ने बताउछन् । उनी भन्छन्, ‘हामीले भनिरहेको समाजवाद स्वास्थ्यभित्र भेटिएन भने कहीं पनि भेटिदैन । नेपालको संविधानमा स्वास्थ्यप्रति जे प्रतिबद्धता जनाइएको छ त्यो पूरा हुन सकेन भने संविधान लागूू भएको मान्न सकिदैन । त्यसो हुनाले स्वास्थ्य क्षेत्र एकदमै अपूर्ण छ ।’
स्वास्थ्यमा जनताको पहुँच बढाउन अर्थ व्यवस्थापनमा जोड दिन डा. कोईरालाको आग्रह छ । ‘स्वास्थ्यमा पहुँचको परिभाषाभित्र बहुुतत्वहरु पर्छन । पहिलो प्राविधिक क्षमता जनशक्तिदेखि लिएर उपकरण, प्रविधि, पूर्वाधारको सुनिश्चितता हो । सँगसँगै आर्थिक व्यवस्थापन’, उनले भने, ‘उपचारसँगसँगै मूल्य कस्ले व्यहोर्छ । आजको दिनमा स्वास्थ्यमा कति खर्च हुुन्छ ? त्यसको ५४ प्रतिशत खर्च जनताले उपचारको बेलामा खल्ती पटुुका कताबाट निकाल्न सकिन्छ त्यताबाट निकालेर बुुझाउछन्, यो राष्ट्रिय इस्यु हो ।’
कसरी जनताले खल्तीबाट तिर्ने बाध्यतबाट हटाउन चुनौति रहेको उनको भनाइ छ । ‘स्वास्थ्यकर्मीमाथि हुने दुव्र्यवहार पनि आर्थिक व्यवस्थापनकै कारण हो । आर्थिक व्यवस्थापन गर्न नसकेसम्म जनतामा स्वास्थ्यको पहुँच अभिवृद्धि हुन सक्दैन’, उनले भने । पहुँच पुु¥याउने ठाउँमा अस्पताल बनाउने र अर्थ व्यवस्थापन गर्न उनको सुुझाव छ ।
नेपालमा विदेशबाट उपकरणसँगै औषधि आयत हुने कारण निजि अस्पतालको सेवा महंगो पर्ने डा. शाक्यले बताए । ‘हाम्रो संविधानमा आधारभूत स्वास्थ्य राज्यले व्यवस्था गर्नुपर्नेछ । त्यस्तै स्वास्थ्य सेवामा समान पहुँच हुनुपर्छ भनेर भनेको हो’, उनी भन्छन्, ‘त्यस्तो भन्दै गर्दा हाम्रो निजि अस्पतालहरुमा समान स्वास्थ्य सेवा, सहुलियत, तिर्नसक्ने दरमा र सहज पहुँच हुन आवश्यक छ ।’
स्वास्थ्यमा निजि क्षेत्रले धेरै लगानी गरेको उनले दाबी थियो । ‘समान स्वास्थ्य दिनका लागि निजि अस्पताल सेवामूलक भएकाले ठूलो शहरमा बढी पाउँछौ । पूर्वाधारदेखि जग्गाको मूल्यका कारणले पनि निजि अस्पताल धेरै मंहगो भए’, कारण पेश गर्दै उनले भने, ‘त्यहाँको लगानी धेरै भयो । आधुनिक उपकरणहरु आयतमा आधारित छन् । झन्डै ४५ प्रतिशत मात्रै औषधि नेपालमा उत्पादन हुन्छ । बाँकी विदेशबाट आयात हुन्छ । बाहिरबाट आयत गर्दा लाग्ने करले गर्दा पनि निजि अस्पतालहरु मंहगो हुन गएको हो ।’
जनताले आफ्नै खल्तीबाट खर्च गर्नुपर्ने भएकाले विदेशका तुलनामा मंहगो भएको डा. शाक्यले उल्लेख गरे । स्वास्थ्य सेवामा गुुणस्तरसँगै सहज पहुँच पुु¥याउन आवश्यक रहेको उनले बताए । ‘गुुणस्तरमा हामीले विचार गर्नुपर्छ । सँगै सहज पहुँच पनि हुनुपर्छ । हामीले हेर्छौं लामो लाइनमा बसेर उपचार गर्नुपर्ने, अप्रेशनको लागि धेरै महिना कुर्नुपर्नेमा पनि हामीले विचार गर्नुपर्ने देखिन्छ ।’
बालबालिका आफैंमा सिंगै विश्वविद्यालय हुन्
पोखरा । समाजमा जति आमाको भूमिका आफ्नो सन्तानलाई हुर्काउन महत्वपूर्ण हुन्छ, त्यति नै भूमिका बुबाको हुन्छ । तर आमाको जति बाबाको महत्वका विषयमा कुराकानी हुँदैन । हरेक सन्तानको हुर्काइका लागि आमा र बाबा दुवैले समय दिनु आवश्यक छ, उनीहरुको अगाडि जति नै चुनौतीका चाङ आएपनि साथमा आमाबाबा छन् भन्ने एहेसास दिलाउनु आवश्यक छ ।
‘एउटा बच्चालाई आमाले जन्म दिएपछि उसलाई सही बाटोमा हिँडाउन बुबाको पनि जिम्मेवारी हुन्छ, नभए उनीहरु गलत बाटोमा जान सक्छन् ।’ पोखरामा जारी १२ औं एनसेल फाउन्डेसन लिट्रेचर फेस्टिभलमा बोल्दै प्याब्सन कास्कीका अध्यक्ष दिवाकर जैसीले भने । फेस्टिभल अन्तरगत दोस्रो सेसनमा अलिमिया कक्षमा ‘घरः पहिलो विश्वविद्यालय’ शीर्षकमा छलफल भयो ।
यो सेसनमा जैसी सहित हसिना बस्नेत र सहजकर्ताका रुपमा रेशम गिरी उपस्थित थिए । जहाँ हरेक बालबालिकाको लागि पहिलो शिक्षालय आफ्नो घर भएको विषयमा छलफल भयो । अहिले पनि प्राय विद्यालयमा बालबालिकालाई औपचारिक शिक्षामा बढी ध्यान दिइन्छ । तर यो विषयमा जैसीको बुझाई फरक छ । ‘विद्यालयमा शिक्षा प्रदान गरिरहँदा औपचारिक शिक्षामा बढी ध्यान दिनु शिक्षकको बाध्यता हो, किनकि त्यहाँ हरेक कक्षामा भएका पुस्तकलाई ध्यान दिनुपर्ने हुन्छ ।’ उनी भन्छन्, ‘हुन त शिक्षालाई डिग्रीमा नाप्न सकिदैन, त्यसैले विद्यालयमा व्यवहारिकभन्दा औपचारिक शिक्षामा ध्यान दिनुपर्छ भन्ने मेरो बुझाई हो ।’
यता हसिना बस्नेतलाई लाग्छ, बालबालिकालाई घरमा सिकाउने प्रक्रिया धेरै छन्, आमाको भूमिकाका विषयमा त बयान गर्ने शब्दै छैन । पहिले परिवारका सदस्य, समाजबाट बालबालिकाले धेरै जानकारी पाउँथे, अहिले परिवर्तित समयमा मोबाइलबाट उनीहरुले सिकिरहेका हुन्छन् । ‘अहिले कुनै घर एउटा घरका रुपमा मात्रै सीमित रहेन, मोबाइल भएको छ । उनीहरुले प्रविधिको माध्यमबाट विश्व बुझ्ने मौका पाए ।’ हसिना आफैं शिक्षिका, त्यसैले होला विद्यार्थीको मनोभावलाई धेरथोर बुझ्न सक्छिन् । ६ वर्षसम्म घरमा आमाबाबा, परिवारका अन्य सदस्यबाट सिक्ने उनीहरुले उमेर बढ्दै गएपछि सिक्ने दायरा बढ्दै जान्छ भन्ने हसिनालाई लाग्छ । ‘टिनएजमा पुगिसकेपछि आमाबाबाले भनेको हो कि होइन जस्तो गर्छन् । वर्षौंदेखि गर्दै आइरहेको कुरालाई हो कि होइन जस्तै गर्छन् । आमाबाबाको कुरा नमानेका हुन् कि जस्तो लाग्छ ।’ उनी भन्छिन्, ‘उनीहरु के कुरामा खुसी हुन सक्छन् भन्ने कुरामा ध्यान दिँदै रुचि अनुसार काम गर्नु आवश्यक छ ।’
अहिले आ–आफ्नै बाध्यता र परिस्थिति छ, कतिपय बालबालिका आफ्नो अभिभावकभन्दा टाढा बस्नुपर्ने बाध्यता छ । यसैले होला आमाबाबा आफ्नो सन्तानका लागि आइडल बन्न नसकेका हुन् कि भने जस्तो धेरैले सोच्न थालेका छन् । यही विषयमा सहजकर्ता रमेश गिरीको प्रश्नको उत्तर दिँदै अध्यक्ष जैसीले भने, ‘केही बालबालिकाका अभिभावक वैदेशिक रोजगारीमा छन्, नेपालमै भएपनि जागिरले गर्दा छोराछोरीलाई समय दिन पाउँदैनन्, एकदिन बिदा भएपनि आफ्नै कामको लागि घरबाट निस्कन्छन् ।’
जैसीले भने, ‘विविध कारणले बालबालिकाको रुचि अनुसार समय दिन नपाउँदा अहिलेका अभिभावक सन्तानका लागि आइडल बन्न सकिरहेका छैनन् ।’ जैसीलाई लाग्छ, हरेक बालबालिकाको लागि आमाबाबा शिक्षा, व्यवस्थापक, साथी सबै हुन्, समय व्यवस्थापन गरेर उनीहरुकै रुचि अनुसार अगाडि बढ्न सक्नुपर्छ । विगत लामो समयदेखि अध्यापन पेसामा संलग्न रहेका जैसीले बुझेका छन्, बालबालिकालाई डरत्रास देखाएर पढाउन सकिदैन, उनीहरुको रुचि र मनोभावलाई भित्री तहबाट अध्ययन गर्न सक्नुपर्छ । ‘असल नागरिक बनाउने बालबालिकाको मनोभावना बुझ्नुपर्छ, वातावरण त्यस्तै निर्माण गर्नुपर्छ ।’
पहिले अभिभावकले आ–आफ्नो सन्तानलाई समय दिन्थे । बाबाले नभएपनि आमाले बालबालिकालाई पुरै समय व्यतित गर्थिन् । तर समयको परिर्वतन र आत्मनिर्भर हुनुपर्छ भन्ने सोच वृद्धि हुँदै गर्दा महिलाले घर बाहिर गएर काम गर्न थालेका छन् । घरबाट काममा जाँदा बालबालिका सुतिरहेका हुन्छन्, घर आउँदा सुतिसकेका हुन्छन् । घरमा कोही मान्छे आएमा बालबालिकालाई छुट्टै राख्ने नेपालको संस्कार छ । कहीं कतै गए पनि लिएर जाँदैनन्, त्यसैले बालबालिका एकलकाटे हुँदै जान्छन् । हसिना भन्छिन्, ‘सकेसम्म उनीहरुलाई बाहिर जाँदा संगै लिएर जाने गरौं, घरमा आएका आफन्तको कुरा सुन्न दिऔं । उनीहरुलाई खुल्न दिनुपर्छ ।’ पुराना संस्कार, संस्कृति, चालचलन अहिलेका बालबालिकाले भुल्दै गइरहेको अवस्थामा उनीहरुलाई सिकाउनु आवश्यक रहेकोमा हसिनाको जोड छ । घरबाट मात्रै नसिक्ने भएकाले बालबालिकाको भावना र रुचिलाई उजागर गरेर अगाडि बढ्नुपर्ने हसिनाको बुझाई छ । घरमा हुने झै–झगडा, कलहबाट बालबालिकालाई टाढै राख्न उनको सुझाव छ । ‘सबैको दृष्टिकोण, चाहना, रुचि फरक हुन्छ । आमाबाबाको झगडा बालबालिकालाई नदेखाउँ ।’
अध्यक्ष जैसीलाई लाग्छ, बालबालिका आफैँमा सिँगो विश्वविद्यालय हुन्, फरक यत्ति हो, उनीहरुको रुचि र चाहनाका माध्यमबाट शिक्षण प्रणालीलाई परिर्वतन गर्न ढिलाई भयो । ‘शिक्षक, अभिभावकको भन्दा बालबालिकाको रुचिलाई ध्यानमा राखेर त्यसैलाई मलजल गर्न सक्नुपर्छ, पठनमा भोक जगाइदिनुपर्छ ।’ उनी भन्छन् । अहिलेका प्राय अभिभावकको गुनासो हुन्छ, बाध्यताले सन्तानलाई समय दिन सकिएन । तर जैसी भने समय व्यवस्थापन गर्न सक्नु चुनौतीपूर्ण रहेपनि असम्भव भने नहुने उनको बुझाई छ । सन्तानलाई समय दिन सकिए, धेरै जस्तो समस्याको समाधान घरभित्रै गर्न सकिने उनले बताए । ‘जस्तै ठूला र व्यस्त हुने व्यक्तिको लागि भएपनि समय हुने २४ घण्टा नै हो, हामीले अहिले छोराछोरीको लागि समय व्यवस्थापन गर्न सकनौंं, यो दुखद कुरा हो ।’ उनी भन्छन् ।
आमा र शिक्षक हुनुमा हसिनालाई भावनात्मक आधारमा आमा हुनु कठिन लाग्छ, तर दायित्व भने दुवै तर्फ एकै हुने उनी बुझ्छिन् । ‘प्रकृति अनुसार आमा बनिसकेपछि सन्तानको मामिलामा भावुक बनिन्छ ।’ उनी भन्छिन्, ‘विद्यार्थीलाई बालमैत्री वातावरणमा, उनीहरुको भावना बुझेर शिक्षण गराउनुपर्छ । भूमिका उत्तिकै हो, तर आमा भएको नाताले सन्तानसंग भावनात्मक रुपमा नजिक भइन्छ ।’ विद्यालयमा हुने परीक्षामा आउने अंकका आधारमा शिक्षामा तौलन नहुनेमा हसिना जोड दिन्छिन् । कहिलेकाहीं बालबालिकालाई केही कम अंक आएपनि फेरी पछि राम्रो गरौला, अहिले ठीकै छ भन्ने सिकाउनुपर्ने उनको बुझाई छ । बालबालिकालाई अन्यसंग तुलना गरिदिदा भावनात्मक रुपमा असर पर्ने उनी बताउँछिन् । ‘कतिपय अभिभावक यस्ता छन्, जसले आफ्नो छोराछोरीले कम नम्बर ल्याएको छ भने शिक्षकसंगै रिसाउँछन् ।’ सेसनमा हसिनाले भनिन्, ‘बालबालिकालाई आफूले अहिले राम्रा अंक ल्याउन नसके पनि पछि राम्रो गर्न सकिन्छ भन्दै हौसला दिनु आवश्यक छ ।’
‘समाज बुझ्न विद्यार्थीमा पठन संस्कृति महत्वपूर्ण’
पोखरा । नियमित पाठ्यक्रमबाहेक विद्यार्थीहरूमा अन्य पुस्तक पढ्ने अभ्यान निकै कम देखिन्छ । तर, वर्तमान समाज बुझ्न, कुनै विषयमा धारणा बनाउन विद्यार्थीमा पठन संस्कृतिको विकास आवश्यक रहेको पोखरामा जारी एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलका वक्ताले जोड दिएका छन् ।
फेस्टिभलको ‘विद्यालयमा पठन संस्कृति’ शुक्रबार सत्रमा बाल साहित्यकार सुरज उपाध्यायसँगको कुराकानीमा प्याब्सन कास्कीका सचिव सुरेन्द्रमान सिंह भण्डारीले पाठ्यपुस्तकको निर्दिष्ट गन्तव्य हुने भएकाले समाज बुझ्न अन्य पुस्तक पढाउन आवश्यक रहेको बताए । ‘हामी हुर्किरहेका समाजसँग संवाद गर्न पठन संस्कृति सबैभन्दा महत्वपूर्ण छ । त्यसले हाम्रो समाजको सभ्यता, समाजको दायरा र धारणाको निर्माण गर्ने हुँदा अपरीहार्य मानेको छु,’ उनले भने ।
विद्यार्थीलाई समाज बुझाउन पछिल्ला वर्षमा कक्षाकोठामा पढाइराख्नेभन्दा पनि अलग कामको प्रयास भइरहेको भण्डारीले सुनाए । पाठ्यक्रम विकास केन्द्रले बनाएको भन्दा बाहिर जान नसक्दा साहित्य पठन सोचेजस्तो नभएको उनको भनाइ थियो । तर, ढिलोचाँडो हालको पढाइ र पाठ्यक्रम परिवर्तन हुने भण्डारीले विश्वास व्यक्त गरे ।
पठन संस्कृति विकास गर्न परिवार सकारात्मक रहनुपर्ने उनको भनाइ थियो । ‘पाठ्यपुस्तक पढ्यो भने खुसी हुने तर त्योलगायत अन्य पुस्तकमा गहिरो अभिरूचि बढिराख्यो, पढ्दै गयो भने पढेको नमान्ने मानसिकता व्याप्त छ,’ उनले भने ।
नवोदिप बोर्डिङ स्कुलका सञ्चालक कौशल्या गुरुङले पठनसंस्कृति विकास घरबाटै गर्न आवश्यक रहेको बताइन् । घरमै अभिभावकले बाल साहित्य ल्याएर दिने, कथा सुनाउनेबाट पठन संस्कृति विकास हुने उनको भनाइ थियो । विद्यार्थीको सोच शक्ति कति ठूलो बनाउने, कस्तो बनाउने भन्ने शिक्षकमा भर पर्ने गुरूङले बताइन् । ‘जति शारीरिक रूपमा तन्दरुस्त रहनपर्छ त्यतिकै दिमागलाई क्रिएटिभ हुन, विश्लेषणात्मक हुन पढ्नु एकदमै जरूरी छ,’ उनले भनिन् ।
पढ्ने गतिविधिलाई टिकटक, रिल्स र प्रविधिसँग जोड्न सके प्रभावकारी हुने गुरूङको भनाइ थियो । शिक्षालाई संगीतसँग जोड्न सके झनै छिटो विद्यार्थीलाई बुझाउन सकिने भएकाले त्यसलाई प्रोत्साहन गर्न आवश्यक रहेको उनले बताइन् । ‘शिक्षालाई पनि संगीतमा ढालेर जति छिटो सम्झन सक्छौं किताब पढेर अलिकति ढिलो हुन्छ । तर किताबको पढाइ गहिरो नै हुन्छ,’ उनले भनिन्, ‘संगीतमा रूचि हुने क्रिएटिभ हुन्छन् भन्ने अध्ययनले देखाएको छ । बुक फ्री डेको दिनमा टिकटकजस्तै बुक टक भन्ने एप छ । त्यस्तो एप प्रयोग गर्न सकिन्छ ।’
हिमालयन बोर्डिङ स्कुलका प्रधानाध्यापक टेकनारायण पौडेलले नेपालमा किताबलाई गलत ढंगबाट परिभाषित गरिएको बताए । विद्यालयको पाठ्यक्रमबाहेक अरू पुस्तकलाई पुस्तक नै परिभाषित नगरिएको उनको भनाइ थियो । ‘किताबलाई गलत ढंगबाट परिभाषित ग¥र्यौं,’ पौडेलले भने, ‘पाठ्यक्रम बाहिरको कुरालाई जोड दिने हो भने बुक फ्री भनेको दिनमा साहित्य, कला, रचना वा जीवन बदल्न सक्ने जीवनी जोडेर सिकाउन सक्छौं ।’
मनोविज्ञान बुझ्ने, समयानुकूल आवश्यकता पहिचान गर्ने कुरा शिक्षकले बुझेर पठनसंस्कृतिको काममा विकास गर्न आवश्यक रहेको उनले सुनाए । ‘बुक फ्री फ्राइडे’ भनेर एक दिन खुसी बनाउने र पाँच दिन किताबको बोझ बोकाउनु ठिक नभएको प्रअ पौडेलले बताए ।
थप सेशनहरू भिडियोमाः
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभलः दोस्रो दिन बालबालिकादेखि प्रदीप, गगनसँगका बहस (भिडियो)
नेपाल लिटरेचर फेस्टिभलः पहिलो दिन शुभारम्भ, विद्वत प्रवचन लगायत ९ सेशन (भिडियो)
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
तुलसीसँग चोलेन्द्रले गाए ‘घर मेरो कास्की’(भिडिओ)
दोहोरीमा अनिल र अर्चना बने विजेता, अग्रज गायक पराजुली र न्यौपाने सम्मानित
पोखरामा शुक्रबार दोहोरी गीत प्रतियोगिता हुँदै, प्रजापति र पुरुषोत्तमलाई सम्मान गरिने
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम