सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का देशभर महसूस गरिएको थियो ।
सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीका अनुसार केही घरमा सामान्य क्षति भएको छ भने एक जना बन्दी घाइते भएका छन् ।
भूकम्पले हल्लाएपछि अत्तालिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका भोटेकोशी गाउँपालिका–५ का अन्दाजी ३३ वर्षीय स्याङबो तामाङ घाइते भएका हुन् । तामाङको अहिले चौतारा अस्पतालमा उपचार भइराखेको छ । घाइते तामाङको स्वास्थ्य अवस्था सामान्य छ ।
यस्तै कोदारीमा रहेको इलाका प्रहरी कार्यालयको भित्ता पनि चर्किएको बताइएको छ । यसबाहेक अरु क्षतिकोबारे जानकारी नआएको र बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि गएको पुस ५ गते बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पनि चार म्याग्निच्युडभन्दा माथिका एक दर्जन हाराहारीमा भूकम्प गइसकेका केन्द्रले जनाएको छ ।
सम्बन्धित खबर
नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन
पशुपतिमा भक्तजनको मोबाइल चोर्ने गोरखाका २ जना १० थान मोबाइलसहित पक्राउ
झापामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु
आज शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्पः एक बन्दी घाइते, कोदारीको ब्यारेक भवनमा क्षति
देशका धेरै ठाउँमा बदली, वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम