ज्येष्ठ नागरिकहरुलाई सामाजिक विकास कार्यालयको तीन लाख अनुदान

ज्येष्ठ नागरिकहरुलाई सामाजिक विकास कार्यालयको तीन लाख अनुदान

anudan samjhauta

सामाजिक विकास कार्यालय स्याङ्जाले ज्येष्ठ नागरिकहरुलाई तीन लाख रुपैयाँ अनुदान दिएको छ । यहाँको चापाकोट नगरपालिका – ६ मा रहेको पवित्र तिर्थस्थल केलादीघाटको राधा दामोदर आरोग्य आश्रममा रहेका ज्येष्ठ नागरिकहरुका लागि आर्थिक सहयोग उपलब्ध गराइएको हो ।

सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेल र आश्रमका अध्यक्ष रामचन्द्र सिग्देलले अनुदान उपलब्ध गराउने सम्झौता – पत्रमा हस्ताक्षर गरेका छन् ।

ज्येष्ठ नागरिकहरुलाई सहज, मर्यादित तथा सम्मानपूर्ण रुपमा जीवनयापन गर्नमा सहयोग गरी उनीहरुको दैनिक जीवनयापनमा सहजता ल्याउनको लागि ज्येष्ठ नागरिक आश्रमलाई सञ्चालन अनुदान उपलब्ध गराइएको सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले जानकारी दिए ।

स्थानीय तहका सरकारले माथिल्ला तहका सरकारसँगको सहकार्यमा यस्ता सामाजिक काम गर्न तयार रहेको बताउँदै चापाकोट – ६ का वडा अध्यक्ष तारा पोख्रेलले स्याङ्जा सदरमुकामदेखि टाढा रहेको ज्येष्ठ नागरिक आश्रममै आएर अनुदान उपलब्ध गराउने सम्झौता गर्नु कार्यालयको अनुकरणीय कार्य रहेको बताए ।

अनुदान रकम ज्येष्ठ नागरिकको खाद्यान्न, औषधि उपचार, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामाग्रीहरुमा खर्च गरिनेछ । आश्रममा २२ जना ज्येष्ठ नागरिक बस्दै आएका छन् ।

पछिल्लो समयमा सामाजिक विकास कार्यालयले सामाजिक क्षेत्रमा सहयोग तथा सीप हस्तान्तरणमा समेत सक्रिय रहँदै आएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ