घाँस काट्न गएका युवक र युवती जङ्गलमा मृत फेला

घाँस काट्न गएका युवक र युवती जङ्गलमा मृत फेला

ladera mrityu

खोटाङ । खोटाङमा जङ्गलमा घाँस काट्न गएका एक युवक र एक युवती मृत फेला परेका छन्।

वराहपोखरी गाउँपालिका–१ वराहपोखरीस्थित डाँडाखर्कका करिब २२/२३ वर्षीया सरिता बिष्ट बस्नेत र अन्दाजी १९/२० वर्षका शिखर बस्नेत मृत फेला परेका हुन् ।

सरिताको जङ्गलमा हत्या भएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। प्रहरीका अनुसार युवतीको शव रहेको करिब २५ मिटर तल रुखमा झुण्डिएको अवस्थामा शिखर मृत फेला परेका हुन्।

मृत भेटिएकी युवती विवाहित हुन्। उनको दुई वर्षको छोरीसमेत रहेको बताइएको छ ।

मृत भेटिएका युवती र युवक दुवै जना जङ्गलमा घाँस काट्न गएका थिए। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

सुनको मूल्य घट्यो
राराको डाँफे होटलमा आगलागी
बदली, वर्षा र हिमपातको सम्भावना

ट्रेन्डिङ