पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कास्कीले महाशिवरात्रीको अवसरमा ज्येष्ठ नागरिकहरूलाई फलफूल वितरण गरेको छ ।
पोखरा महानगरपालिका २५ हेम्जामा रहेको मानव सेवा आश्रममा बुधबार फलफूल वितरण गरिएको हो । आश्रममा रहेका १४७ जना ज्येष्ठ नागरिकहरूलाई फलफूल वितरण गरिएको प्रतिष्ठान कास्कीका कार्यवाहक सचिव सुनील गायकले जानकारी दिए ।
गण्डकी प्रदेशका मुख्यमन्त्रीका निजी सचिव राजेन्द्र क्षेत्री, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका महासचिव शिव हमाल ,प्रतिष्ठान कास्कीका सल्लाहकार पार्वती जिसी, कास्कीका अध्यक्ष तुलसी क्षेत्रीले मानव सेवा आश्रम कास्की शाखाका प्रमुख सदिश पुनलाई फलफूल हस्तान्तरण गरे ।
अध्यक्ष क्षेत्रीले आकाशलाई छानो र सडकलाई घर बनाउँदै कष्टकर जीवन बिताउन बाध्य सडक मानवको गास, बास र कपासको व्यवस्थापन गरेर आश्रमले पुण्य कार्य गरेको बताइन् । यस्ता कार्यमा सबैको साथ र सहयोग हुनुपर्ने उनले बताइन् ।
फलफूल वितरण कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्रीका निजी सचिव राजेन्द्र क्षेत्री, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका महासचिव शिव हमाल, प्रतिस्ठान कास्कीका सल्लाहकार पार्वती जिसी लगायत कार्यसमितिको उपस्थिति थियो ।
प्रतिष्ठान कास्कीले हेम्जामा रहेको मानव सेवा आश्रममा यसअघि पनि कपडा, खाद्यान्न, फलफूल र स्वास्थ्य सामग्री वितरण गरेको थियो ।
सम्बन्धित खबर
१५ औं वार्षिकोत्सवको अवसर पारी युनाईटेड क्लबद्वारा पोखरा बृद्धाश्रममा खाद्यान्न वितरण
अन्तराष्ट्रिय उडान नियमित गर्न सबैको पहल आवश्यक छः मन्त्री बस्याल
गण्डकी कोटिहोम महायज्ञको भूमि पूजन बैशाख ३ गते गरिँदै
बद्रीले नचाए आलु महोत्सवका दर्शक
केदारेश्वर महादेवमणि गुरुकुल विद्याश्रममा सहयोग
आलु महोत्सवमा साढे २ करोड बढीको कारोबार
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण