अर्जुनचौपारीमा नवग्रह भजनको भिडियो छायांकन गरियो

अर्जुनचौपारीमा नवग्रह भजनको भिडियो छायांकन गरियो

navagraha bhajan shoot

अर्जुनचौपारीमा नेपालमै पहिलोपटक निर्माण भएको नवग्रह मन्दिरको विशेषता झल्कने नवग्रह भजनको म्युजिक भिडियो छायांकन गरिएको छ । ‘नवग्रह तिम्रै चरणमा छौँ, तिम्रै सरण पर्छौँ’ बोलको गीतको भिडियो छायांकन गरिएको हो ।

अर्जुनचौपारी गाउँपालिका–१ जलबराह धार्मिक वनमा निर्माण गरिएको नेपालकै पहिलो नवग्रह मन्दिरको अनुष्ठान, गीता ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवको अन्तिम दिन महाशिवरात्रीको अवसरमा मन्दिर परिसरमा नवग्रह भजनको म्युजिक भिडियो छायांकन गरिएको हो । भिडियो छायांकनमा गायक र गायिका दुवैको उपस्थिति रहेको थियो ।

टेक नारायण चापागाईं र कमल अर्यालको लय/शब्द रहेको उक्त गीतमा चापागाईं र गायिका देवी घर्ती मगरको स्वर रहेको छ ।

मारुनी डिजिटल स्टुडियो काठमाडौंमा रेकर्ड गरिएको गीत २४.२४ मिनेटको छ । कुशल भिडियोग्राफर गणेश सापकोटाले छायांकन गरेको उक्त भिडियोको निर्देशन भने चापागाईंले नै गरेका छन् ।

बन्दै गरेको देशकै पहिलो नवग्रह मन्दिर हेर्न आउने क्रममा मन्दिरकै गीत बनाउने सोच बनेको र छोटो समयमा शब्द रचेर गीत रेकर्ड गरेर छायांकन गरिएको चापागाईंले बताए ।

म्युजिक भिडियो छायांकनमा पालिकाका आमा समुह र भजनमण्डलीको सहभागिता रहेको थियो । गीतमा नवग्रह मन्दिरका साथै पालिका भित्रका धार्मिक स्थलहरु रापाकोट कालिका, डहरे देउराली, एकानन्द गूफा लगायतका ठाउँलाई समेटिएको छ ।

१४४ बर्षमा आएको महाकुम्भको अवसर पारेर फागुन ६ गतेबाट शुरु भएर बुधबार महाशिवरात्रीसम्म धार्मिक महोत्सव गरिएको हो ।

नवग्रह मन्दिरमा गरिएको धार्मिक महोत्सवमा अन्तिम दिन महाशिवरात्रीमा हजारौँको संख्यामा भक्तजनले पूजाआजा गरेका थिए ।

बिहान ७ बजेबाट भक्तजनलाई खुलेको मन्दिरमा दुई बजेसम्म लाईनमा बसेर भक्तजनले पूजा गर्नु परेको थियो । भक्तजनको भिडका कारण पटकपटक ढोका बन्द गर्दै खोल्दै गर्नु परेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ