पूर्व राजा ज्ञानेन्द्रले गरे कुल मन्दिरको दर्शन

पूर्व राजा ज्ञानेन्द्रले गरे कुल मन्दिरको दर्शन

Gyanendra Shah at Alamdevi

आफ्नी बहिनी र छोरीसहित स्याङ्जा आएका पूर्व राजा ज्ञानेन्द्र शाहले कुल मन्दिरको दर्शन गरेका छन् ।

यहाँको कालीगण्डकी गाउँपालिका – ३ मा रहेको शाह वंशीय कुल मन्दिर आलमदेवी मन्दिरमा पूर्व राजा शाहले मंगलबार पूजा अर्चना एवं दर्शन गरेका हुन् ।

आफ्नो कुल देवताको मन्दिर आलमदेवी मन्दिरमा रुद्रीपुजनसहित पूजा अर्चना गरेपछि उनी पोखरा फर्किएको उनको सचिवालयले जनाएको छ । नेपालमा गणतन्त्र आएपछि पहिलोपटक पूर्व राजा शाह आफ्नो कुल देवताको मन्दिरमा आएको सचिवालयले जनाएको छ ।

सोमबार वालिङ् आएर बसेका उनलाई राजमार्गमा स्थानीयले स्वागत समेत गरेका थिए । उनका समर्थकहरुले ‘राजा आउ देश बचाउ’ भन्दै नारा समेत लगाएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ