सुनको मूल्यमा नयाँ कीर्तिमानः तोलाको एक लाख ७१ हजार ३ सय पुग्यो

सुनको मूल्यमा नयाँ कीर्तिमानः तोलाको एक लाख ७१ हजार ३ सय पुग्यो

Gold-silver

पोखरा । लगातार बढिरहेको सुनको मूल्यले आज नयाँ कीर्तिमान बनाएको छ ।

सुन अहिलेसम्मकै उच्च विन्दुमा पुगेर तोलाको एक लाख ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको भाउ आज हिजोको तुलनामा पाँच सय रुपैयाँले बढेको हो । हिजो सुनको भाउ तोलाको एक लाख ७० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य भने आज १५ रुपैयाँले घटेर तोलाको एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ