पोखरा । रोटरी क्लब अफ पोखरा न्युरोड, रोटरी क्लब अफ नक्साल शक्ति र रोटरी क्लब अफ पोखरा क्यापिटलको संयुक्त आयोजना तथा गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा दरगाउँटारमा पाठेघरको भिआइए परिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
रुपा–१, दरगाउँटार स्थित सरस्वती आधारभूत विद्यालयको प्राङ्गणमा भएको उक्त कार्यक्रममा १०० जनाको स्वास्थ्य परीक्षण गर्दा १२ जना महिलाहरुमा भिआईए पोजेटिभ देखिएको गण्डकी मेडिकल कलेज पोखराकी स्त्रीरोग तथा प्रसुती डा. बालकुमारी शाहले वताइन् । उनको टिममा डा. निरुता बुद्ध, डा. पूजा घिमिरे, डा. सुरेश शाह र शुवेच्छा थापा रहेका थिए ।
हालसम्म पोखरा १६ जुम्लेटी, पोखरा ७ घारीपाटन, फेदीखोला ३ भाटखोला स्याङ्जा, पोखरा ५ मालेपाटनमा ४६७ जनाको भिआईए परिक्षण भएकोमा २७ जनामा पाठेघरको संक्रमणको संकेत देखिएको क्लबका अध्यक्ष दिपेन्द्र शर्माले बताए ।
क्लबले २०८२ असार १५ मसान्त सम्म गण्डकी प्रदेशका १५ सय महिलाहरुको पाठेघरको मुखको क्यान्सर निशुल्क परिक्षण गर्ने लक्ष्य लिएको शर्माले वताए । उक्त कार्यको लागि रोटरी क्लब अफ नक्साल शक्ति र रोटरी क्लब अफ पोखरा क्यापिलको पनि सहकार्य रहदै आएको छ ।
सो अवसरमा रुपा गाउँपालिका वडा नं. १ का अध्यक्ष रामबहादुर गोदारले ग्रामिण भेगमा वसोबास गर्ने महिलाहरुको नियमित रुपमा स्वास्थ्य परिक्षण गराउन सहज नभएको अवस्थामा गाउँमै आएर महिला दिदीबहिनीहरुको स्वास्थ परिक्षण शिविर आयोजना गरेकोमा रोटरी क्लबलाई धन्यवाद दिदै आगमी दिनहरुमा पनि सहयोगको अपेक्षा रहेको बताए ।
रोटरी डिस्ट्रिक्ट मेम्बरसिप चेयर सुबास सिग्देलले रोटरी क्बलले विगत लामो समयदेखि रुपा गाउँपालिका भित्र खानेपानी, विद्यालय भवन निर्माण, शिक्षा तथा स्वास्थ्यमा सहयोग गर्दै आएको बताए ।
कार्यक्रममा जनप्रतिनिधिहरू सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविकाहरू, रोटरी क्लब अफ पोखरा न्युरोडका पूर्व अध्यक्ष पशुपति शर्मा, उपाध्यक्षहरु अमृत बास्तोला र पुष्पराज पराजुली, रोटरी क्लबका सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
राष्ट्रिय मगर एकता दिवसमा स्याङ्जाका आठ पालिकामा सार्वजनिक बिदा
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
नवग्रह मन्दिरमा एक करोड २५ लाख दीप प्रज्वलन गरियो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन