अवैध सुनचाँदी कारोबार गर्ने ४ जना भारतीय नागरिक पक्राउ

अवैध सुनचाँदी कारोबार गर्ने ४ जना भारतीय नागरिक पक्राउ

pakrau

काठमाडौँ । अवैध सुनचाँदी कारोबार गर्ने चार जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत महाराष्ट्र प्रदेश सोलापुर घर भइ हाल काठमाडौँ महानगरपालिका– २४ नरदेवी बस्ने ४२ वर्षीय एकनाथ दशरथ खाडेकर, १९ वर्षीय वैभव घुतुगेड, २९ वर्षीय सम्राट यादव र ४० वर्षीय दिनेश मेहेति रहेका छन् ।

उनीहरूलाई काठमाडौँ महानगरपालिका– २४ स्थित घरमा अवैध रूपमा भन्सार छली तथा निकासी पैठारी गरी ल्याइएको सुन र चाँदीको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट विभिन्न स्वरूपमा रहेका सुन जस्तो देखिने धातुका टुक्राहरू २ सय ४७ ग्राम ७ सय २० मिलिग्राम, चाँदी जस्तो देखिने धातुका टुक्राहरू ५ किलो ६ सय ग्राम र नगद १० लाख ७५ हजार रुपैयाँ बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ