म्याग्दीका तुल्सी पुन कोरियामा मृत फेला

म्याग्दीका तुल्सी पुन कोरियामा मृत फेला

tulasipun

म्याग्दी । म्याग्दी मालिका गाउँपालिका –१, निस्कोटका तुल्सी पुन मगर दक्षिण कोरियामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

मोक्पो छल्लानाम्दो उल्सानस्थित छुकसान बङ्गुर फार्ममा कार्यरत पुन शनिबार राति साढे १ बजे फार्मनजिकै पुलमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

आत्महत्या वा हत्या भन्ने बारेमा थप छानबिन हुन बाँकी छ । मृतक तुल्सीका घटनाबारे कोरियास्थित नेपाली राजदुतावास, एनआरएनए, एमटियु, मोनालगायत नेपालीले चासो दिएका छन् । मृतक तुल्सीका परिवार, कोरियास्थित नेपाली राजदुतावास, एनआरएनए, एमटियु, मोनालगायत नेपालीले घटनाबारे गम्भीर अनुसन्धान गर्न र सङ्लग्न दोषीलाई कडा कारबाही गर्न त्यहाँको सरकारसँग माग गरेका छन् ।

साहुको अत्याचार र दुर्वव्यवहारका कारण आत्महत्या गरेको परिवार स्रोतको भनाइ छ । पुनका एक दाजु र एक बहिनी छन् । बुबाआमाको पहिले नै निधन भइसकेको छ । २८ वर्षीय तुल्सी गत असोजमा इपिएसमार्फत कोरिया गएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ