छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए

छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए

473742146_1159686466158876_8368403180846069156_n

पोखरा । बुवा मलाई वोर्डिङ पढाउनु भएको भए । ममि बुवालाई किन विदेश पठाउनु प¥यो अब आराम गर्नु भन्नु । बुवा जस्ले शत्रु व्यवहार गर्छन् नि उसको घर पटक पटक जानुपर्छ । प्रेम गरे पनि बुवाको आज्ञा लिएर मात्र विवाह गर्ने हो । म छु नि ममि बुवा । बुवालाई व्यवहार गर्न गाह्रो भयो होला मलाई हप्ताको ५ सय भए पुग्छ नि ममि । ममि म तपाईहरुलाई सेवा गर्ने केटी सँग नै विवाह गर्छु के ।

यी हरफ पढ्दा जो कोहि पनि भावुक नहुने कुरै भएन । माछपुच्छ्रे गाउँ पालिका वडा नं. ३ मा रहेको सागर मेमोरियल वोर्डिङ स्कुलको वार्षिकोत्समा अवसर आफ्नो छोराको फोटोमा लेखिएका यी शव्दले उपस्थित सवैका आँखा रसाए ।

घटना थियो २०६७ साल बैशाख २७ गते । त्यो दिन माछपुच्छ्रे गाउँ पालिका वडा नं. ३ निवासी वेद कुमार श्रेष्ठ र उनकी श्रीमती सीता देवि श्रेष्ठको मुहारको खुशी लुटियो । छोरा मोटरसाईकल दुर्घटना परि निधन भएपछि बुवा वेदकुमार र श्रीमती सीता देविलाई ठूलो वज्रपात प¥यो । ती सबै पिडालाई लुकाएर छोरालाई जिवन्त बनाउनका लागि छोराकै सम्झनामा बाबु सागर स्मृति प्रतिष्ठान गठन भयो ।

छोरा सागर श्रेष्ठको स्मरणमा प्रतिष्ठानको माताहातमा रहने गरी सागर मेमोरियल बोर्डिङ स्कुल स्थापना भयो ।

छोराको नाम जिवन्त राख्नका लागि वुवा वेदकुमारले छोराको नाममा ‘बाबु सागर स्मृति प्रतिष्ठान’ गठन गरी स्कुल सञ्चालनमा ल्याएका हुन् ।

प्रतिष्ठान मार्फत सञ्चालन यस विद्यालयलले निःशुल्क तथा न्यूनतम शुल्कमा यस क्षेत्रका विद्यार्थीलाई आधुनिक प्रणालिको शिक्षा प्रदान गर्दै आएको छ ।

विद्यालयको वार्षिकोत्सव समारोहमा छोराको नाम जिवन्त राख्न वेद कुमार श्रेष्ठले आफ्नो सम्पूर्ण सम्पत्ति प्रतिष्ठानमा राख्ने घोषणा गरेका छन् ।

विद्यालयको १४औँ वार्षिकोत्सवको अवसरमा वेद कुमार श्रेष्ठ र उनकी श्रीमती सीतादेवि श्रेष्ठ र सृजना श्रेष्ठको नाममा रहेको सम्पूर्ण सम्पत्ति बाबु सागर स्मृति प्रतिष्ठानमा हस्तान्तरण गरेका हुन् ।

‘हामीसँग भएको सम्पूर्ण सम्पत्ति राजीखुशीले नै प्रतिष्ठानको नाममा हस्तान्तरण गरेका छौ’ विद्यालयका संस्थापक समेत रहेका वेदकुमारले भने– ‘म र मेरो परिवारको नाममा रहेको जग्गाधनी प्रमाण पुर्जामा कायम रहेको सम्पूर्ण जायजेथा प्रतिष्ठानलाई भोग चलन तथा विक्रि वितरण गरी प्रतिष्ठानको कोष खडा गर्नको लागि प्रतिष्ठान सञ्चालक समिति, संरक्षक समिति, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदकाधिकारी, निर्देशक र सम्बन्धित वडा अध्यक्षको रोहवरमा प्रतिष्ठानलाई प्रदान गरेको छु ।’

सम्पूर्ण सम्पत्ति वेच विखन गरेर आएको रकम मध्ये आफ्नो २ श्रीमतीलाई समान २५/२५ लाख राखिदिन र वाकी रकम प्रतिष्ठानकै अक्षय कोषमा राखिदिने व्यवस्था मिलाउन श्रेष्ठले आग्रह गरे ।

उक्त अक्षयकोषको व्याजबाट प्रतिष्ठानद्धार सञ्चालीत सागर मेमोरियल बोर्डिङ स्कुलमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्ने आफ्नो चाहान रहेको वेदप्रसादले सुनाए ।

‘एउट यस्तो आमो थियो एउट यस्तो वाउ थियो जो वाउ जो आमा आफ्नो छोराका निम्ति यो समाजका बालबालिकाका लागि आफ्नो सम्पत्ती दान गरेको छ । यो सम्पत्तीलाई हामीले जोगाउन पर्दछ । यसलाई स्तर उन्नती गर्नुपर्दछ । यसलाई स्यहार सुसार गर्नुपर्दछ भनेर सोचदिनुहोस’ –भावुक हुँदै उनले भने ।

अक्षयकोषको व्याजबाट आएको रकम मध्ये ५० प्रतिशत मुल धनमा नै गाभिने र बाँकी ५० प्रतिशत विद्यालय सञ्चलनका लागि ३÷३ महिना प्रदान गरिने व्यवस्था मिलाईने उनले जानकारी दिए । उनले माछापुच्छ्रे गाउँ पालिका वडा नं.३ घाचोकका सूर्यप्रसाद लम्साल, वडा नं. १ टुसेका वीरेन्द्र गुरुङ, वडा नं. १ की जमुना पुन, वडा नं. ३ घाचोकका पदम नेपाली, वडा नं. ३ घाचोकका रविलाल पोख्रेल, रनबहादुर कार्की, शुशिल जिसीको रोहवरमा २०८० साल भदौमा आफ्नो सम्पूर्ण जाहेजेथा प्रतिष्ठानको नाममा वुझाउने स्वोघोषणा गरेका थिए । उक्त स्वोघोषण अनुसार आफ्नो सबै सम्पत्ति विद्यालयको वार्षिकोत्सवको अवसरमा प्रतिष्ठानलाई हस्तान्तरण गरेका हुन् ।

माछापुच्छ्रे गाउँ पालिकाका अध्यक्ष मीनबहादुर गुरुङ छोरा प्रतिका साचो माया वेदसरले देखाउनुभएको बताए ।

आफ्ना आमा बाबुले छोरा प्रति देखाएको यो माया समाजमा उदाहरण रहेको छ’ अध्यक्ष गुरुङले भने– ‘सागरलाई जिवन्त राख्न परिवारले गरेको यो कार्यक्रममा पालिकाको तर्फबाट पनि सधै सहयोग र सद्भाव रहने छ ।’

विद्यालयको वार्षिकोत्सवको अवसरमा प्रतिष्ठानका अध्यक्ष शिवप्रसाद पोख्रेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र लम्साल, विद्यालयका प्रिन्सिपल रुद्र रानाभाट, शिक्षक अभिभाव संघका अध्यक्ष देवेन्द्र हमाल, नेवा खल घाचोकका अध्यक्ष भिममान श्रेष्ठ, भूपू गोर्खा सैनिकका अध्यक्ष हरी श्रेष्ठ, संगम इंगलिस स्कुलका संस्थापक गगनसिंह गुरुङ, मेघराज आधारभूत विद्यालयका प्रध्यानाध्यापक विश्वमोहन पोख्रेल, समाजसेवी रविलाल पोख्रेल विद्यार्थी जेनिशा रानाभाटले प्रतिष्ठानका गतिविधिलाई प्रभावकारी बनाउने जिम्म अब समाजकै भएको बताएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ