काठमाडौँ । ९ दिनअघि नारायणगढबाट काठमाडौँतर्फ आउने क्रममा मोटरसाइकल दुर्घटनामा परि त्रिशुलीमा बेपत्ता भएका रोहित रानाको शव भेटिएको छ । आइतबार बिहान चितवनको इच्छाकामना गाउँपालिका ५ कालिखोलामा तैरिरहेको अवस्थामा फेला परेको शव उनैको भएको पुष्टि भएको हो ।
उक्त शव निकालेर हेर्दा रोहितकै भएको उनका परिवारले पुष्टि गरेको चितवन प्रहरीले जनाएको छ । ‘‘शव भेटिएकै ठाउँमा उनका बाबु अशोक रानासहित पुगेर हेर्दा उनले सो शव आफ्नै छोरोको भएको बताएका छन् ।’’, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले बताए ।
त्यस्तै फेला परेको शवको पोस्ट मार्टमका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
गत फागुन २ गते करिब ११ बजेको समयमा नारायणगढबाट काठमाडौँतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटनामा परेको थियो । बागमती प्रदेश ०६–०२ प ९२०४ नम्बरको रोयल इन्फिल्ड मोटरसाइकल दुर्घटना हुँदा लमजुङका २७ वर्षीय रोहित राना बेपत्ता भएका थिए । नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत पर्ने चट्टाने भीरको सडक छेउको डिभाइडरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक त्रिशूलीमा खसेका थिए ।
चालकको खोजी र उद्दारका लागि नेपाल प्रहरी, सशस्त्रको गोताखोरको टोली परिचालन भएपनि फेला पर्न सकेको थिएन ।
सम्बन्धित खबर
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला