पोखरा वडा नं. २२, पुम्दीभुम्दीमा प्रथम त्रिभुवन स्मृति कप फाइभ ए साइड फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । स्थानीय ठुलिविडीमा यही फागुन १६ गतेदेखि उक्त प्रतियोगिता हुने भएको शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।
तत्कालिन नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य, पत्रकार महासंघ गण्डकी प्रदेशका सस्थापक अध्यक्ष तथा परिवर्तन युवा क्लबका सल्लाहकार स्व.त्रिभुवन पौडेलको स्मृतिमा उक्त प्रतियोगिता पहिलो पटक हुने भएको क्लवका सचिव एवं प्रतियोगिताका संयोजक सुदिप बरालले बताए ।
उक्त प्रतियागिता ठुलिविडीको सिम्लेपाखा खेलमैदानमा यही फागुन १८ गते सम्म सन्चालन हुने तयारी गरिएको प्रतियोगिताको संयोजक बरालले बताए । परिवर्तन युवा क्लबको आयोजनामा हुने प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५ रुपैया, उपविजेताले २५ हजार ५ सय ५५ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको छ । त्यस्तै विधागततर्फ उत्कृष्ट खेलाडी, गोलकर्ता र उत्कृष्ट गोल रक्षकलाई समेत पुरस्कार प्रदान गरिने भएको छ ।
कास्कीका जिल्ला समन्वय अधिकारी एवं सल्लाहकार नवराज बरालले खेलकुदमा कहिले बिकृति हुने हुँदा सुरक्षा व्यबस्था मिलायन सुझाव दिए । खेलप्रति युवाहरुको आकर्षण बढाउन, प्रतिभा प्रष्फुटन गर्न, दक्ष खेलाडी उत्पादन गर्न, खेलकुदको माध्यमबाट समाजमा सकरात्मक परिवर्तन गर्दै सामाजिक एकता कायम गर्न उक्त प्रतियोगितको मुख्य उद्धेश्य रहेको अध्यक्ष कमल बरालले बताए ।
उक्त प्रतियोगिता सम्पन्न गर्न करिब ५ लाख खर्च लाग्ने भएको क्लवका सल्लाहकार राजेन्द्र बरालले बताए। क्लवको पहलमा सिम्लेपानीमा खेल मैदान निर्माण गरिएको छ ।
प्रतियोगितामा करिब २५ टिमको सहभागिता हुने भएको क्लवका उपाध्यक्ष विवेक बरालले जनाए । पोखरा हट्लाइन दैनिकका प्रवन्ध निर्देशक एवं स्व.पौडेलका दाजु उत्तम पौडेलले उक्त प्रतियोगिता सफल पार्न सबैको साथ र सहयोगको अपेक्षा राखे ।
२०७९ माघ १ गते पोखरामा भएको यती एअरलाइन्सको जहाज दुर्घटनामा परी दिवङ्गत भएका पौडेलको स्मृतिमा उक्त प्रतियोगिता पहिलो पटक हुन लागेको हो ।
सम्बन्धित खबर
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
हेमजामा आलु महोत्सव सुरू, वैशाख ३ गतेसम्म चल्ने
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
पिसिएममा ‘शिक्षण र सिकाइः चुनौती र रणनीति’ विषयक कार्यशाला
पोखरामा गुञ्जिए पुरुषोत्तम न्यौपाने
पोखरामा ६८ औं सहकारी दिवस मनाइयो
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर