पोखरामा शनिबार फोहोर संकलन दौड प्रतियोगिता आयोजना गरिएको छ । ‘स्वच्छ देश, हाम्रो परिवेश’ भन्ने नाराका साथ फोहोर संकलन दौड गरिएको हो । पालिखेचोक स्थित प्रतिभा माविमा भेला भएका ३ हजार बढी युवालाई सहभागी गराएर सहरको फोहोर संकलन गर्दै दौड्ने प्रतियोगिता आयोजना गरिएको हो ।
दौडमा २ जनाको जोडी बनाएर फोहोर संकलन गर्नुपर्ने नियम थियो । १ घन्टाको दौडमा प्रतियोगीले संकलन गरेको फोहोरलाई जोखेर सबैभन्दा धेरै फोहोर संकलन गर्नेलाई पुरस्कार वितरण गरिएको फाउन्डेसनका सदस्य सृष्टि घिमिरेले बताइन् ।

विभिन्न विद्यालय र तथा कलेजका विद्यार्थी नेपाल प्रहरी, नेपाली सेना, लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि दौडमा सहभागी भएका थिए । प्रतियोगितामा सौगात अधिकारी र सक्षम रानाभाट प्रथम हुँदै ५० हजार रुपैयाँ हात पारे । उनीहरुले २०.३४ केजी फोहोर संकलन गरे ।
रिजन थापा र अंकित विके २०.३३ केजी फोहोर संकलन गर्दै दोस्रो भए । उनीहरुले २५ हजार रुपैयाँ पाए । जीवन र जेम्स रानाले १७ केजी फोहोर संकलन गर्दै तेस्रो भए । उनीहरुले १५ हजार रुपैयाँ हात पारे । कार्यक्रममार्फत १ हजार ५० किलो फोहोर संकलन गरिएको थियो ।
मैनादेवी फाउन्डेसनको आयोजना तथा पोखरा महानगरपालिका, प्रतिभा माविलगायत विभिन्न संघ, संस्थाको सहकार्यमा भएको दौड गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सुरुआत गरे ।
५ किमी दौड सडकमा भएको हो । पोखराको नदीपुरस्थित प्रतिभा माविबाट सुरु भएको फोहोर संकलन दौड पालिखेचोक, महेन्द्रपुल, नयाँ बजार, पृथ्वीचोक, सभागृहचोक, न्युरोड हुँदै पुन प्रतिभा माविमा पुगेर समापन भएको हो ।
सम्बन्धित खबर
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
हेमजामा आलु महोत्सव सुरू, वैशाख ३ गतेसम्म चल्ने
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
पिसिएममा ‘शिक्षण र सिकाइः चुनौती र रणनीति’ विषयक कार्यशाला
पोखरामा गुञ्जिए पुरुषोत्तम न्यौपाने
पोखरामा ६८ औं सहकारी दिवस मनाइयो
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर