घलेगाउँ (लमजुङ), १० फागुन । चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा पर्यटकीय घलेगाउँमा ‘सिनेमा संवाद’ कार्यक्रम भएको छ । कार्यवाहक अध्यक्ष अर्पण तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा शनिबार विभिन्न चार सेसनमा विभिन्न विषयवस्तुमाथि गहन छलफल भयो ।
पहिलो सेसन थियो, सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर । जसमा गफिए निर्देशक नवीन सुब्बा, विश्लेषक विश्वभक्त दुलाल (आहुति), कलाकार एवं निर्माता आशा मगराती र लेखक विकास सुवेदी । प्रस्तुतकर्ता थिए–पत्रकार दीपक परियार ।
उक्त सेसनमा सिनेमामा अझै पनि आदिवासी र सीमान्तकृत समुदायको कथा अपेक्षाकृत आउन नसकेको वक्ताले बताए । उनीहरुको स्वर दबाइने गरिएको गुनासो थियो । यसको मुख्य जड भनेको जातीयमात्र नभई वर्ग व्यवस्थाले पारेको प्रभाव भएको उनीहरुले बताए ।
निर्देशक नवीन सुब्बाले सिनेमा बनाउनेले पनि सिनेमाको संरचनासँग सम्झौता गर्ने गरेको टिप्पणी गरे । उनले भने, ‘अहिले नेपाली सिनेमामा अत्यन्तै धेरै सेन्सर भएको छ । सिनेमामा २ चिज हुन्छ, भित्रबाट हेर्ने, बाहिरबाट हेर्ने । हामीले भन्नुपर्ने चिज भनिरहेका छैनौं, सम्झौता गर्छौं ।’
‘डोल्पाली असन्तुष्ट भए भन्दैमा मीन भामले फिल्म अब बनाउन नपाउने त ?’ उनले प्रश्न गरे । तर उनले विषयवस्तुको तथ्यमा सचेत हुनुपर्ने सुझाव दिए । उनले सोच्ने संरचना कसरी निर्माण गरियो भन्ने महत्वपूर्ण पक्ष हो । चलचित्रकर्मीले त समाजलाई अग्रगति दिने हो । यी समस्याहरु छन्, यसरी हेर्नुपर्छ भनी अघि बढ्नुपर्ने हो भनी बताए ।
उनले मद्रासी सिनेमा बनाएर नेपाली सिनेमा हुन्छ ? भनी प्रश्न गरे । सिनेमा त्यो भन्दा पर छ । समाजशास्त्र एउटा कुरा भयो, सौन्दर्यशास्त्र पनि हुन्छ । उनले ‘दलन’ आइसकेपछि ६ सय वटा फ्यान क्लब बनेको स्मरण गराए । उनले सौन्दर्य मारेर यही घलेगाउँमा ठूलठूला होटल बनाउन थाल्यौं भने यसको अस्तित्व नरहने बताए । उनले नेपाली फिल्म निर्माणमा जनरा नभएको होइन, तर त्यसलाई हामीहरुले सम्बोधन गर्न नसकेको बताए ।

अर्का वक्ता आहूतिले वर्गीय उत्पीडनको पक्ष नेपाली फिल्ममा अझै पनि कमजोर रुपमा प्रस्तुत भएको बताए । उनले भने, ‘उत्पीडितको ज्ञानलाई अझै स्वीकार्य गरिँदैन । जात व्यवस्थाले पनि अशिक्षित भन्छ । बेलायतबाट आएको शिक्षाले पनि अशिक्षित भन्छ । उनीहरुलाई ज्ञान नभएका र अज्ञानी भनी चित्रण गर्नु नेपाली सिनमाको विशेषता छ ।’
उनले मूल कुरा सिनमाको सौन्दर्यशास्त्रको कुरामा खराबै विषय पनि कसरी भनियो भन्ने भन्ने मूल मुद्दा हो भने । उनले भने, ‘उत्पीडितको विषयमा सिनेमा बनाउँदा उत्पीडितहरु अज्ञानी, अशिक्षित हुन् भन्ने देखाइएको छ । उनीहरुको शिक्षालाई निर्देशकले स्वीकार्न तयार छैन । महिला सम्पूर्ण परिवारको चालकको रुपमा भए पनि मूल योगदान छोप्ने काम हुन्छ ।’ उनले यस वर्ष सुपरहिट फिल्म ‘पूर्णबहादुरको सारंगी’ को उदाहरण दिए । जसमा गन्धर्वहरु अशिक्षित छन् भन्ने देखाइएको छ । तर, अशिक्षित भए सारंगी कसरी बनाउँछन्, कसरी बजाउँछन् ? कसरी सुरताल जानेका हुन्छन् ? यो समाजलाई अघि बढाउन उनीहरुको ऐतिहासिक योगदान छोप्ने काम गरेको छ । पूर्णबहादुरको दिमागमा यस्तो सपना हालिदिन्छ, तराईको झा, सातविघाको मालिक यादव, स्याङ्जाको न्यौपाने परिवारले देख्ने सपना देखाइएको छ । जोकर जस्तो देखिन्छ । दलित पात्रलाई निरीह जोकर देखाइएको छ । मूल प्रवृत्ति त्यस्तो छ ।’
उनले समाजमा क्रान्तिकारी, यथास्थिति र पछाडि फर्किेने वा दोमन पनि हुने प्रवृत्ति रहेको बताए । समाजमा चलिआएका विषय हल्का रुपमा प्रस्तुत गर्न नहुने उनको सुझाव थियो । उनले लेखकको पनि जाति र स्वार्थ हुने गरेको भन्दै आफूलाई प्रगतिशील बनाउन आफू रुपान्तरण हुन तयार हुनुपर्ने सुझाव दिए ।
कलाकार आशा मगरातिले आफू दलित समुदाय त्यो पनि महिलाबाट प्रतिनिधित्व गर्दा सुरुका दिनमा आफ्नो जातका कारण कसैले पछि पार्छ कि भन्ने डर हुने गरेको स्मरण गरिन् । तर, अहिले यो ठाउँमा आइपुगेर आवाज दिन पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘मेरो जस्तै कास्ट (जात) भएको कलाकार देख्न पाएको छु । राइटर पनि देख्न पाएको छ । पहिलेको तुलनामा अहिले धेरै बढिराखेको छ ।’ उनले जबसम्म आफ्नो समुदायबाट आवाज निकाल्दैनौ, तबसम्म अथेन्टिक नआउने बताइन् । उनले गरिब भन्ने बित्तिकै अत्यन्तै गरिब महिला भनेर देखाइन्छ । के त्यतिमात्र हो त ? उहाँहरुको मर्म पनि बुझेर लेख्नुपर्छ । बाहिर आउनुपर्छ । आफ्नो फिल्ममा पनि मधेश र पहाडको कथा मिक्स गरेर अघि बढेको जानकारी दिइन् ।
अन्तर्राष्ट्रियस्तरमा नेपालको गरिबीलाई मात्र नहेरिने बरु राम्रो कास्ट भएको मुभीलाई कसरी सहयोग गर्ने ? नेपालको परिवेश यस्तो रैछ भन्ने जान्न उत्सुक अन्तर्राष्ट्रिय पाएको बताइन् ।
लेखक विकास सुवेदीले आफूले सक्रिय पत्रकारितापछि २ वर्षसम्म झोला बोकेर ६०÷६२ जिल्ला घुमेको स्मरण गरे । जसमा आफू अलि बढी नजिक मधेससँग भएको बताए । ‘प्रकाश’ लेखिरहँदा नेपालको पश्चिम डोल्पा, हुम्लामा शिक्षक मधेशबाट गएको देखेको र चरित्र निर्माण गर्दा कसैले पूर्वाग्रही ढंगले लेख्छ भन्ने आफूलाई नलाग्ने बताए ।
उनले भने, ‘अब काठमाडांैको कोठाबाट कर्णालीको कथा लेख्न सकिँदैन । मैले देखेको कथामा कति तथ्य नजिक जाने निर्देशकको हातमा पनि हुन्छ ।’ उनले कतिपय अवस्थामा लेखक स्वतन्त्र हुन सक्ने वातावरण बनि नसकेको उनको भनाइ थियो । उनले हाम्र्रो देशको विविधताबीच अतिवादी भयौ भने सामाजिक स्तर बिग्रन्ने बताए । उनले हाम्रा कथा राम्रा हुनुपर्छ फिल्म चल्छ भन्ने कुरा नवीन दाइ आइसकेपछि प्रस्ट भएको उदाहरण पनि दिए ।
चलचित्र पत्रकार संघ कास्कीका कावा अध्यक्ष अर्पण तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव सन्तोष बस्याल र स्वागत संयोजक सुरेश सुनारले गरेका थिए ।
कार्यक्रम उद्घाटनसत्रमा चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामी, नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेल, संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देल लगायत बोलेका थिए । सिनेमा संवाद सुन्न घलेगाउँबासीको उल्लेख्य उपस्थिति थियो ।
संघले यसअघि कास्कीको पर्यटकीय गाउँ घान्द्रुक र सिक्लेसमा यसप्रकारको सिनेमा संवाद गरिसकेको छ ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
खरखरे भिरको पहिरो रोकथाममा ढिलाइ
लमजुङका मालपोत कार्यालय प्रमुख नहुँदा कामकाज प्रभावित, कर्मचारीले पाएनन् तलब
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो