गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे

IMG-20250222-WA0013

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हवको रुपमा बिकास गर्नुपर्ने बताएका छन् । ‘पोखरा र सिङ्गो गण्डकी प्रदेश पर्यावरणीय हिसाबले ‘वेलनेस’ टुरिजमको संभावना बोकेको ठाउँ हो’ शनिवारदेखि सुरु भएको गण्डकी स्वजागरण अभियानको सुभारम्भ गर्दै उनले भने ‘प्रदेश भित्र ‘वेलनेस’ टुरिजमको बिकासकालागि प्रदेश सरकारले आफ्ना नीति कार्यक्रम र बजेटमा अझै प्राथमिकता दिनेछ ।’

यस वर्षपनि गण्डकी प्रदेश सरकारले आफ्नो नीति कार्यक्रम र बजेटमा स्वास्थ्य जिवनशैली अपनाउन योग तथा ध्यान कार्यक्रम समावेश गरेको छ । घरघरमा स्वजागरण गराउने लक्ष्य सहित स्थानीय तहसँगको सहकार्यमा सामाजिक बिकास, युवा तथा खेलकुद मन्त्रालय मार्फत कार्यक्रम कार्यन्वयनको चरणमा रहेको मुख्यमन्त्री पाण्डेले बताए ।

धार्मिक सम्पदा, ऐतिहासिक स्थलहरु, हिमाल, तालहरु, शाहसीक खेलको ठूलो संभावना रहेको गण्डकी प्रदेशलाई योग ध्यानको केन्द्रको रुपमा बिकास गर्न स्थानीय, प्रदेश र संघ सरकार बीच सहकार्य आवश्यक पर्ने उनले बताए ।
‘हरेक नागरिकको शारीरिक, मानसिक र आत्मिक सन्तुलन कायम राख्न सहयोग गर्नु सरकारको पनि दायित्व हो’ उनले भने ‘सबैको सहकार्यले स्वजागरण अभियान हरेक नागरिकलाई उर्जा जगाउने एउटा माध्याम बन्नेछ ।’

हरेक क्षेत्र जस्तै राजनीतिक जीवनमापनि साधना उत्तिकै आवश्यक र महत्वपूर्ण रहेको मुख्यमन्त्री पाण्डेले बताए । ‘देशको राजनीतिक परिदृष्यलाई हेर्ने हो भने नागरिकहरुको बढ्दो नकरात्मक धारणालाई चिर्न पनि जीवन विज्ञानको मार्गमा हामीले राजनीतिक साधना गर्नु जरुरी र आवश्यक छ’ उनले भने ।

स्वजागरण भनेको केवल बाहिरी उपलब्धिहरुमा मात्र सिमित नहुने मुख्यमन्त्री पाण्डेले बताए । ‘यो आन्तरिक शुद्धता, सकारात्मक सोच, र दिगो लक्ष्य प्राप्तीको आधार हो’ मुख्यमन्त्री पाण्डेले भने ‘जव ब्यक्ती स्वयम् सचेत हुन्छ, आत्मबोध गर्छ, तब समाज, प्रदेश र राष्ट्र नै समृद्ध बन्न सक्छ ।’

गत वर्ष चैत १६ देखि २३ सम्म भएको लुम्बिनी जागरणका क्रममा मुख्यमन्त्री पाण्डेले यस वर्ष गण्डकी प्रदेशमा गण्डकी स्वजागरण गर्ने घोषणा गरेका थिए । सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको गण्डकी स्वजागरण अभियानमा आईतवारदेखि एक साता विराट् चक्र विज्ञान’ को अभ्यास हुनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ