गण्डकी प्रदेश प्रमुखको स्वास्थ्य सुधारोन्मुख, भेटघाट बन्द

स्वास्थ्य

गण्डकी प्रदेश प्रमुखको स्वास्थ्य सुधारोन्मुख, भेटघाट बन्द

pp om

पोखरा । निमोनिया भई पोखराको ओम हस्पिटलमा उपचाररत गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।

प्रदेश प्रमुखको सचिवालयका अनुसार निरन्तर खोकी लागेर विहीबार साँझ अस्पताल भर्ना भएका भट्टमा निमोनिया देखिएको थियो ।

बरिष्ठ छाती रोग विशेषज्ञ डा. सीपी आचार्य नेतृत्वको चिकित्सकीय टोलीले उपचार गरिरहेका छन् । अझै केही दिन प्रदेश प्रमुख अस्पतालमै रहनेछन् ।

चिकित्सकको सल्लाहअनुसार प्रदेश प्रमुखको स्वास्थ्य सुरक्षाको ख्याल गर्दै हाल प्रत्यक्ष भेटघाटका सबै कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाइएको छ ।

शुक्रबार बिहानैदेखि साँझसम्म भेटघाट बाक्लिएपछि अस्पतालले स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै भेटघाट बन्द गरिएको डा. आचार्यले बताए ।

साताव्यापी लामो सुदूरपश्चिम भ्रमण गरी फर्किएका भट्टलाई चिसोको कारण श्वासप्रश्वासमा समस्या भएको प्रेस संयोजक रञ्जन अधिकारीले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ