पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट अस्वस्थ भएका छन् ।
साताव्यापी लामो सुदूरपश्चिम भ्रमण गरी फर्किएका भट्टलाई चिसोको कारण श्वासप्रश्वासमा समस्या भएपछि महेन्द्रपुल स्थित ॐ हस्पिटलमा भर्ना गरिएको प्रेस संयोजक रञ्जन अधिकारीले जानकारी दिए ।
‘स्याङ्जाको सिरूबारी लगायत ठाउँका विभिन्न कार्यक्रममा २ दिन सहभागी भएपछि गृहप्रदेश सुदूरपश्चिम जानुभएको थियो’ – अधिकारीले भने – ‘कैलाली, डोटी र डडेलधुरामा एक साता लामो कार्यक्रममा सहभागी हुनुहुँदा चिसोले समस्या भएको हो ।’
प्रदेश प्रमुख भट्टलाई विहीबार साँझ ॐ हस्पिटल, महेन्द्रपुलमा भर्ना गरिएको छ । बरिष्ठ छाती रोग विशेषज्ञ डा. सीपी आचार्य नेतृत्वको चिकित्सकीय टोलीले उपचार गरेका छन् ।
‘खोकी लागिरहेपछि अस्पताल आउनुभएकोमा निमोनिया देखिएको छ । केही दिन निगरानीमै राखेर उपचार गरिनेछ ।’ – डा. आचार्यले भने ।
यसैबीच, उपचाररत प्रदेश प्रमुखको स्वास्थ्य अवस्था बुझ्न शुक्रबार बिहान पूर्व मुख्यमन्त्री तथा नेकपा एमाले गण्डकी संसदीय दलका नेता खगराज अधिकारी अस्पताल पुगेेका छन् ।

नेकपा एमाले गण्डकी सचिव धनञ्जय दवाडी र नेता माधव बास्तोलाले पनि अस्पताल पुगेर प्रदेश प्रमुखलाई भेटेर स्वास्थ्यलाभको कामना गरेेका छन् ।
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की