पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा

पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा

kamalesh_qGTfnCcaA5

पोखरा भ्रमण वर्ष २०२५ को घोषणा समारोहमा पड्किएको बेलुन बेच्ने कमलेश कुमार हाजिरी जमानीमा छुटेका छन् ।

उनलाई छाड्न जिल्ला प्रशासन कार्यालय कास्कीले बिहीबार आदेश दिएको थियो ।

आइतबार प्रहरीले नियन्त्रणमा लिई उनलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरी हिरासतमा राखेको थियो । उनलाई हाजिरी जमानीमा छाडिएको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्त शर्माले बताए ।

पोखरा भ्रमण वर्षको कार्यक्रम उद्घाटनका क्रममा शनिबार बेलुनको झुप्पा पड्किँदा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य जलेर घाइते भएका थिए ।

मेयर आचार्यको गालाको धेरै भाग र देब्रे हातमा गहिरो जलन भएको थियो भने मन्त्री पौडेलको दुवै हात र अनुहारमा जलन भएको थियो । उनीहरूलाई पोखरामै प्रारम्भिक उपचार गरेर सोही दिन हेलिकोप्टरबाट काठमाडौंस्थित कीर्तिपुर अस्पताल लगिएको थियो । दुवै डिस्चार्ज भइसकेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ