पोखरामा आज बिहान सवारी दुर्घटना हुँदा स्कुटरमा सवार आमाको ज्यान गएको छ भने छोरा गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं ११ की ५६ वर्षीया माया गुरुङ रहेकी छन् ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा घाइते भएका मायाका छोरा २६ वर्षीय मनोज गुरुङको अवस्था गम्भीर छ । उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार आज बिहान करिब ११ः२५ बजे पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीको कार्यालय आसपासमा सो दुर्घटना भएको हो ।
सिर्जनाचोकबाट जिरोकिमीतर्फ गुडेको ग३च८९७७ नम्बरको जीपले विपरित दिशामा गुडेको ग१३प ३२०६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।
मृतक माया स्कुटरको पछाडि सवार थिइन् भने स्कुटर छाेरा मनोजले चलाएका थिए ।
सोही दुर्घटनामा सडक किनारमा रोकिराखेको ग७प ५२७४ नम्बरको स्कुटरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।
जीप चालक स्याङ्जा हरिनाश गाउँपालिका वडा नं. १ का २५ वर्षीय निर्मल गुरुङलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
पोखरामा गुञ्जिए पुरुषोत्तम न्यौपाने
पोखरामा ६८ औं सहकारी दिवस मनाइयो
महिन्द्रा सवारीसाधनका रिकन्डिसन शोरूम ‘अग्नि आस्था’ पोखरामा पनि
एथरको नयाँ स्कुटर पोखरामा, मल्टी मोड ट्रयाक्सन कन्ट्रोल सुविधा र रेञ्जमा सुधार
प्रतिभा माविका १२ कक्षाका विद्यार्थीलाई बिदाई
लायन्सले पोखरामा अन्तर्राष्ट्रिय भलिबल गर्ने, उपाधि राशी ४ लाख ४४ हजार
यो पनि पढौँ
ज्ञानेन्द्र र परिवारका सुरक्षाकर्मीहरू व्यापक कटौती, १५५ जनामा अब १५ मात्रै
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा