धादिङबाट जन्ती पुर्‍याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर

धादिङबाट जन्ती पुर्‍याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर

Bus Accident GandakNews

काभ्रे । काभ्रेपलाञ्चोकमा जन्ती पुर्‍याएर फर्केको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन् ।

धादिङबाट जन्ती पु¥याएर फर्किएको ना ४ ख ८८१७ नम्बरको बस बिहीबार बिहान ५ः४० बजेको समयमा घुम्तीमा ब्याक गर्ने क्रममा सडकबाट करिब २०० मिटर तल खसेको हो ।

दुर्घटनामा परी काभ्रेकै तेमाल गाउँपालिका–१ का ५० वर्षीय रामासिंह तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालक मकवनपुरको बागमती गाउँपालिका–५ का कृष्ण ब्लोन गम्भीर घाइते भएका छन्। उनको धुलीखेल अस्पतालमा उपचार भइरहेको काभ्रे प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ