पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ स्थित राधाकृष्ण मन्दिर शान्ति आश्रममा महाशिवरात्रीका अवसरमा शिवरात्री महामहोत्सव २०८१ हुने भएको छ ।
राधाकृष्ण मन्दिर शान्ति आश्रम र राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयको संयुक्त आयोजनामा शिवरात्री महामहोत्सव गर्न लागिएको विद्यालयका सहायक प्रधानाध्यापक प्रविण पौडेलले जानकारी दिए ।
उनका अनुुसार महामहोत्सवका अवसरमा शिवरात्रीका दिन प्रातः कालीन महा शिवआराधना, सामूहिक ब्रतबन्ध, सायंकालीन शिव महाआरती एवम् अखण्ड हवन गरिनेछ ।
त्यस्तै सायंकालीन अखण्ड दीप प्रज्वलन, सामूहिक शिव महाधुनि प्रज्वलन, सामूहिक बिल्वपत्र अर्पण र भजन कीर्तन कथा प्रवचन गरिनेछ ।
महामहोत्सवका क्रममा विश्व शान्तिको कामनका लागि उखु, गुर्जो, वेल आदिको रसद्वारा अभिषेक, षोडशोपचारद्वारा पूजा आराधना आरती गरिनेछ भने रात्रीकालीन चार प्रहरमा शिव आराधना गरिने जनाइएको छ । त्यस्तै प्रातकालीन श्रृंगार, एक हजार आठ बिल्व अर्पण, अखण्ड दीपदान आदि कार्यक्रम तय गरिएको छ ।
महामहोत्सवमा कर्ता बन्नका लागि एक हजार एक सय रुपैयाँ सहयोग रकम निर्धारण गरिएको सहायक प्रधानाध्यापक पौडेलले जानकारी दिए ।
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की