पोखरा । आगामी फागुन ११ गते आइतबार तय भएको विराट चक्र विज्ञान कार्यक्रम पोखरा रंगशालामा नहुने भएको छ । जबकि आयोजकले पोखरा रंगशालामा विभिन्न संरचना निर्माण तयारी करिब पूरा गरेको थियो ।
बुधबार एक विज्ञप्ति जारी गर्दै मौसम तथा प्राविधिक कारणले उक्त स्थानमा संचालन गर्न असहज भएको हुँदा वैकल्पिक स्थान संचालन गरिने जनाइएको हो ।
आयोजक जीवन विज्ञान प्रतिष्ठानका व्यवस्थापक किरण रुपाखेतीले विज्ञप्ति जारी गर्दै वैकल्पिक स्थानको क्षमता मध्यनजर गर्दै ६ फागुन साँझ ६ बजेसम्म दर्ता पूर्ण गरेर क्यूआर प्राप्त गरेका सहभागीलाई भने पूर्व निर्धारित समयमै चक्र विज्ञान कार्यक्रममा सहभागी गराइने जनाएका छन् । दर्ता प्रक्रियामा रहेकालाई अर्को वैकल्पिक मिति र स्थान व्यवस्था गरी उपयुक्त तवरले जानकारी गराइ नाम दर्ता गराउने विज्ञप्तिमा उल्लेख छ।
१० दिने कार्यक्रममा दैनिक १० हजार जनाको संख्यामा मानिस उतार्ने तयारी आयोजकको थियो ।
दैनिक खेलकुदका गतिविधि हुने पोखरा रंगशालामा उक्त कार्यक्रम हुन लागेपछि खेलकुदका विभिन्न संघसंस्थाले विरोध जनाउँदै आएका थिए । वैकल्पिक स्थानबारे आयोजकले जानकारी दिइसकेको छैन ।
यसैबीच, पोखरा रंगशालामै १० फागुनमा हुने भनिएको ‘गण्डकी स्वजागरण उत्सव’ भने रंगशालाकै आर्चरी खेल मैदानमा हुने जनाइएको छ । उक्त कार्यक्रम बिहान ११ बजेदेखि हुनेछ ।

सम्बन्धित खबर
२० औं फेवा नव वर्ष महोत्सव सुरु
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
विश्वकै कान्छी भागवत वाचिका अनुराधा पाण्डेयले कोटिहोम महायज्ञमा प्रवचन दिँदै
पत्रकार हरि पन्तलाई पितृशोक
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु