घान्द्रुक पर्यटन महोत्सव सुरु, घान्द्रुकको मौलिकता जोगाउन पर्नेमा जोड

घान्द्रुक पर्यटन महोत्सव सुरु, घान्द्रुकको मौलिकता जोगाउन पर्नेमा जोड

अन्नपूर्ण गाउँपालिकाको समृद्धको मुख्य आधार पर्यटनः अध्यक्ष केसी

news

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका– १० र ११ स्थित घान्द्रुकमा आजदेखि घान्द्रुक पर्यटन महोत्सव सुरु भएको छ ।

घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रुकको आयोजनामा आज देखि सुरु भएको घान्द्रुक पर्यटन महोत्सव फागुन १० गतेसम्म सञ्चालन हुनेछ । घान्द्रुक पर्यटन महोत्सवको उद्घाटन अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले गरे ।

महोत्सवको उद्घाटनपछि बोल्दै गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले अन्नपूर्ण गाउँपालिकाको समृद्धको आधार कृषि, पर्यटन, उर्जा र पूर्वाधार भएको बताए ।

‘हामीले घोषणा गरेका छौं अन्नपूर्ण गाउँपालिकाको समृद्धको आधार कृषि, पर्यटन, उर्जा र पूर्वाधार हो, यी चार वटा आधार मध्ये महत्वपूर्ण पर्यटन हो, अध्यक्ष केसीले भने, ‘पर्यटनबाट गाउँपालिकाले समृद्ध हासिल गर्न सक्दछ, त्यसैले हामीले धेरै भन्दा धेरै पर्यटक भित्राउन आवश्यक छ ।’

अध्यक्ष केसीले घान्द्रुक आउने सडक सहज बन्दै गएकाले पर्यटकलाई आकर्षण गर्नका निम्ति घान्द्रुकको मौलिकता जोगाउन आवश्यक रहेको बताए । ‘हिजो हाम्रो अर्गानिक गाउँ सबैले हेर्न आउने गाउँ आज कहिकहि बिग्रे जस्तो देखिन्छ, मेरो आग्रह छ संरचना जसरी बनाएपनि त्यसलाई फेरी मौलिकतामा ढालौं, हिजो हाम्रा जे परम्परा थिए, जे हेर्न आउथे त्यसलाई फेरी रुपान्तरण गरौं, भएकालाई राम्रो गरौं, घान्द्रुक अरु गाउँभन्दा भिन्न गाउँ हो’, उनले भने, ‘अब घान्द्रुक आउने सडक बन्दै छ, कलाभिरको अप्ठ्यारो बाटो बन्दै छ, पर्यटक घान्द्रुक आउन कुनै समस्या छैन्, आएका पर्यटकलाई बस्ने, घुम्ने वातावरण बनाउने हो सोच्न पर्ने छ,हिजोको घान्द्रुक भन्दा आजको घान्द्रुक भिन्न छ गुनासो छ, त्यसैले घान्द्रुकको मौलिकता जोगाउने गरी संरचना बनाउन आवश्यक ।’

उनले घान्द्रुक पर्यटन क्षेत्र भएकाले यसको विकास गर्ने गाउँपालिकाको कर्तव्य भएको समेत बताए ।

अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) पोखराका प्रमुख डा. रविन कडरियाले घान्द्रुकबाट एबिसी, पुनहिल घोडेपानी लगायतका पदमार्गसँग जोडिएकाले घान्द्रुक पर्यटकको हवको रुपमा अगाडि बढेको बताए । घान्द्रुक पर्यटन महोत्सवका संयोजक अमृत लामा गुरुङले भोलिदेखि खुल्ला क्लबस्तरीय पुरुष भलिबल र बास्केटबल प्रतियोगिता सुरु हुने उनले बताए ।

उनका अनुसार क्लबस्तरीय भलिबल र खुल्ला बास्केटबल प्रतियोगिताको विजेताले क्रमशः १ लाख २२ हजार २ सय २२ र उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी मेडर र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै महोत्सवमा आयोजित भेन्ट्रान्स भलिबल प्रतियोगिताको बिजेताले नगद ३० हजार उपविजेता टिमले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै महोत्सवमा आयोजित घोडादौड प्रतियोगितामा प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार पुरस्कार प्राप्त गर्नेछन् । महोत्सवको पत्येक साँझ सास्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिएको आयोजकले जनाएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्दु्रकमा एकैदिन २ हजार ५ सय पर्यटकलाई राख्न सक्ने क्षमताको ६० वटा होटल र ३० वटा होमस्टे सञ्चालनमा रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । महोत्सव अवधिभर पर्यटकलाई २० प्रतिशत छुट दिइएको आयोजकले जनाएको छ ।

पोखराबाट साढे २ घण्टाको सवारी यात्रामा पोखरा बागलुङसडकखण्डको नयाँपुल, विरेठाटीहुँदे घान्द्रुक पुग्न सकिन्छ ।

घान्द्रुकबाट भैसीखर्क–टाडापानी,वनठाटी, देउराली हुँदै म्याग्दीको घोडेपानी र घान्द्रुक हुँदै टाडापानी–इसरु, दोबाटो, मुल्डेहुँदै म्याग्दीको खोर्पा लेक र हिडन लेक जान सकिन्छ भने, घान्द्रुक,छोम्रोङ हुदै अन्नपूर्ण बेसक्यापसमेत जान सकिन्छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ