पोखरा । कास्की जिल्ला जुडो संघको आयोजनामा ‘जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता–२०८१’ हुने भएको छ । “राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद” भन्ने मूल नाराका साथ फागुन ९ र १० गते उक्त प्रतियोगिता हुने भएको हो ।
पोखरा रंगशाला स्थित मल्टिपल कर्भड हलमा सो प्रतिायोगिता दुई दिनसम्म सञ्चालन हुने भएको छ । यस प्रतियोगितामा देशैभरबाट विभिन्न तौल समुह अन्र्तगत महिला र पुरुष गरी १ सय ५ जना खेलाडीहरु सहभागि हुने भएको छ ।
विशेषगरी खेलाडीहरुको क्षमता अभिवृद्धि र प्रोत्साहान स्वरुप सो कार्यक्रमको आयोजना गरिएको संघका सचिव ज्योति हमाले जानकारी दिइन्।
यस प्रतियोगितामा पुरुषतर्फ –२५, –३५, –४०, –४५, –५०, ५५, ६०, –६६ र +७३ के.जी गरी ९ तौल समुहमा प्रतिस्पर्धा हुने उनले बताइन् । त्यस्तै सचिव हमालका अनुसार महिलातर्र्फ –२५, –३५, –४०, –४४, –४८, ५२ र +५७ के.जी गरी ७ तौल समुहमा प्रतिस्पर्धा हुने भएको छ ।
यस्तै यस प्रतियोगिता आयोजना गर्नुको अर्को मूख्य उद्देश्य भनेको यस क्षेत्रमा जुडो खेलको समग्र विकासका साथ–साथै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्नु रहेको संघका अध्यक्ष पद्म छन्त्याले बताए ।
वि.सं २०६६ सालमा पोखरा रंगशालामा १० जना खेलाडीबाट घाँसे मैदानमा स्वयम सेवक प्रशिक्षक रबि चौधरीले यस खेल खेलाउन सुरु गरेका हुन् । हाल पोखरा रंगशालाभित्र रहेको जुडो हलमा ५१ जना खेलाडीहरुलाई दैनिक रुपमा स्वयम सेवक प्रशिक्षक चौधरीले प्रशिक्षण दिँदै आइरहेका छन् ।
सम्बन्धित खबर
पोखरामा प्रथम एलिट भलिबल कप सुरु
पोखरामा शुभकामना दौड हुने
मासिक दौडमा एन्जिला र मनिष ५ किमि दौडमा बिजेता
ल्वाङगाउँमा भलिबल जारी, युके लण्डन, टि गार्डेन र घाचोक सेमिफाइनलमा प्रवेश
तेस्रो एबिसी भेट्रान्स कप रनिङ शिल्डकोे उपाधि हेटौडालाई
पोखरामा शनिबार मिडिया कप किङ्गस बुद्धिचाल प्रतियोगिता हुने
यो पनि पढौँ
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
रूपा तालबेसीमा रूखको ठुटोबाट निरन्तर पानी आउन थालेपछि स्थानीय चकित