दाङमा रात्रीबस दुर्घटना हुँदा १५ जना घाइते

दाङमा रात्रीबस दुर्घटना हुँदा १५ जना घाइते

accident-jeep

दाङ । दाङको बबई गाउँपालिका–२ ट्वाङखोलामा रात्रीबस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

सुर्खेतबाट काठमाडौँका लागि छुटेको कर्णाली प्रदेश ०००१ ख ०७०१ नम्बरको रात्रीबस ट्वाङखोलामा गएराति ९ बजेतिर दुर्घटना भएको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ ।

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । बसमा ६० जना भन्दा धेरै यात्रु रहेका प्रहरीको अनुमान छ ।
बस अनियन्त्रित भएर पल्टिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ