काठमाडौँ । २ अर्ब भन्दा बढी रकम बराबरको अवैध अनलाइन जुवा (सट्टाबाजी) खेल्ने/खेलाउने कार्यमा संलग्न ४ जना भारतीय नागरिकहरु पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा भारत उत्तर प्रदेश गोरखपुर स्थायी घर भई हाल काठमाडौँ बुढानिलकण्ठ नगरपालिका २ बस्ने वर्ष २२ को एमडि आरिफ हुसेन, वर्ष २५ को अविसेक मदेसिया, भारत उत्तर प्रदेश फत्तेपुर स्थायी घर भई हाल काठमाडौँ सोही ठाउँ बस्ने वर्ष ४२ को अब्दुल कलाम, वर्ष ४० को ईरफान पठान रहेका छन् ।
प्रहरीका अनुसार उनीहरुले काठमाडौँ बुढानिलकण्ठ नगरपालिका २ तौलुङ स्थित घर भाडामा लिई विभिन्न अवैध अनलाइन गेमिङ वेवसाईटहरुको प्रयोग गर्दै अनलाइन जुवा (सट्टाबाजी) खेल्ने/खेलाउने कार्य गर्दै आएका थिए ।
उनीहरुलाई जिल्ला प्रहरी परिसर, काठमाडौँ तथा मातहत प्रहरी वृत महाराजगञ्ज र प्रहरी प्रभाग बुढानिलकण्ठ समेतबाट खटिएको प्रहरी टोलिले यही फागुन ५ गते बेलुका अनलाइन जुवा (सट्टाबाजी) खेलाईरहेको अवस्थामा पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट विभिन्न कम्पनिका ल्यापटप १२ थान, मोबाईल १२ थान, हिसाब गर्न प्रयोग गरिएको क्याल्कुलेटर ७ थान, हिसाब किताबको अभिलेख राखिएको लुज पाना १३३ र डायरी ३ थानसमेत बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुलाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
काठमाडौँ फेरि विश्वको प्रदूषित सहरको पहिलो नम्बरमा
लुम्बिनीमा पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु, २२ घाइते
आज जनआन्दोलन दिवस मनाइँदै
देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना
रवि लामिछाने भैरहवा कारागार चलान
पूर्व उपराष्ट्रपतिको सुविधा लिएरै पुन माओवादी केन्द्रको उपाध्यक्ष
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर