अर्जुनचौपारीमा निर्मित नवग्रह मन्दिरको पर्यटनमन्त्रीद्वारा उद्घाटन

अर्जुनचौपारीमा निर्मित नवग्रह मन्दिरको पर्यटनमन्त्रीद्वारा उद्घाटन

Navagraha anusthan_11

नेपालकै पहिलो नवग्रह मन्दिर प्राण प्रतिष्ठा तथा अनुष्ठान, गीता ज्ञान एवं धार्मिक महोत्सवको नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गरेका छन् । मंगलबार अर्जुनचौपारी गाउँपालिका – १ पञ्चकन्या तथा जलवराह धार्मिक वन केटीचौर (सिमलचौर) मा निर्माण गरिएको नेपालकै पहिलो नवग्रह (नौ आकाशीय पिण्ड) मन्दिर एक कार्यक्रमका बीचमा मन्त्री पाण्डेले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले नेपालमा धार्मिक पर्यटनको सम्भावना रहेको बताएका छन् । उनले मानव सभ्यताको लागि नवग्रह मन्दिर कोषेढुङ्गा हुने बताउँदै नवग्रह मन्दिर अब धार्मिक पर्यटकीय स्थल बनेको जिकिर गरेका थिए ।

सोही कार्यक्रममा बोल्दै संघीय सांसद राजु थापाले यस मन्दिरले धार्मिक पर्यटनको बाटो खोलेको बताएका छन् । धार्मिक पर्यटकीय स्थलहरुको संरक्षण र सम्बर्द्धनमा ध्यान दिन सांसद थापाले जोड दिएका थिए ।

कार्यक्रममा गण्डकी प्रदेश सांसद कल्पना तिवारी, गाउँपालिका उपाध्यक्ष सपना गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डे लगायतले मन्तव्य राखेका थिए ।

१४४ बर्षमा आएको महाकुम्भको समयमा महाशिवरात्रीको अवसर पारेर यहाँ प्राण प्रतिष्ठा तथा अनुष्ठान र धार्मिक महोत्सव गरिएको हो ।

फागुन १४ गतेसम्म चल्ने नवग्रह मन्दिरको अनुष्ठान तथा धार्मिक महोत्सवमा एक करोड २५ लाख दिप प्रज्वलन, चार बेदको पाठ पारायण, गायत्री मन्त्रद्धारा सवालाख हवन, धार्मिक अन्तरक्रिया, सन्ध्याकालिन महाआरती तथा भजनकृतन समेत गरिने छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ