पोखरा । मिस मगर लोक दोहोरी गायिका नीरा थापा मगरको दोश्रो प्रस्तुती ऋषिङ्गे भेना सार्बजनिक गरिएको छ । आफ्नै स्वर, अभिनय र लगानीमा थापा मगरले आफ्नै ऋषिङ र घिरिङ गाउँको मौलिक कौरालाई समाबेस गरी ऋषिङ्गे भेना बजारमा ल्याएकी हुन् ।
मिस मगर २०२३ तनहुँ जिल्ला घिरिङ गाउँपालिका डाँडाथोककी नीरा थापाले आफ्नो स्वर्गीय बुवा यम बहादुर थापा र स्वर्गीय दाइहरु तुल बहादुर थापा र प्रेम थापा प्रति समर्पित गरेर उक्त सांगितीक कोसेली बजारमा ल्याएकी हुन् ।
उक्त गीत आफ्नै युटुब च्यानल नीरा थापा मगर बाट सोमबारर सार्बजनिक गरिएको छ । थापाले आफ्नो कोसेलीलाई माया गरिदिन आग्रह गर्दै गीतको माध्यामबाट लोक भाकाको संरक्षण र आफ्नो गाउँठाउँलाई विश्व सामु चिनाउने उद्देश्यले रहेको बताएकी छिन् ।

उक्त गीतमा लिड भोकल दुर्गा गुरुङ र नीरा थापा मगरको रहेको छभने कोरस भोकल रुपी सिंजाली मगर र रिया गुरुङको रहेको छ । रेशम गुरुङको लय तथा शब्द रहेको गीतमा तेजेन्द्र दुराले एरेन्जर गरेका छनभने खैंजडीमा मनाङ गुरुङले साथ दिएका छन् । गीतमा पर्सन गुरुङले रेकर्डिङ संयोजन गरेका छनभने सुर साधना स्टुडियोमा उक्त गीत रेकर्ड गरिएको हो ।
उक्त गितको डाइरेक्सन कोरियोग्राफी पर्सन गुरुङले गरेका छनभने गायिका स्वयं र आनन्द गुरुङको मोडलिङ रहेको छ ।
सम्बन्धित खबर
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
हेमजामा आलु महोत्सव सुरू, वैशाख ३ गतेसम्म चल्ने
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
पिसिएममा ‘शिक्षण र सिकाइः चुनौती र रणनीति’ विषयक कार्यशाला
पोखरामा गुञ्जिए पुरुषोत्तम न्यौपाने
पोखरामा ६८ औं सहकारी दिवस मनाइयो
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर