पोखरा । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता पोखरामा जारी छ । सोमबार भएको विद्यालय तर्फको खेलमा बिजयी हुदै सगरमाथा, कास्की मोडनाइज, गुरुकुल विद्यासदन र अरनिको बोडिङ स्कुल तनहुँ सेमिफाइन प्रबेश गरेका छन् ।
सगरमाथा सेकेन्डरी स्कुलले बाग्लुङको चिल्डेन लाइभ इङलिस स्कुललाई ५–४ गोल अन्तरले हराउदै सेमिफाइन प्रबेश ग¥यो । निधारी समयमा दुबै तर्फबाट तीन÷तीन गोल भएपछि खेल ट्राइबे्रकरमा पुगेको थियो ।
अर्को खेलमा कास्की मोडनाइज एकेडेमीले टप्स बोडिङ स्कुललाई हराएको छ । निरधारीत समयमा एक÷एक गोल भएपछि खेल ट्राइबे्रकरमा पुगेको थियो । ट्राइबे्रकरमा कास्की मोडनाइजले टप्सलाई ४–१ गोलले हरायो ।
त्यसै गरी गुरुकुल विद्यासदनले सुर्योदय इङलिस बोडिङ स्कुललाई ४–२ गोल अन्तरले हरायो । सोमबार नै भएको अर्को खेलमा अरनिको इङलिस बोडिङ स्कुल तनहुँले डाइमण्ड सेकेन्डरी स्कुललाई ३–० गोल अन्तरले हरायो ।
कलेज तर्फको फुटसलमा ला ग्याण्डी इन्टरनेस्नल कलेजले माउन्ट अन्नपुर्ण क्याम्पसलाई ३–१ गोल अन्तरले हरायो सेमिफाइन प्रबेश गरेको छ । अर्को खेलमा इन्फोम्टिक्स कलेजले पोखरा लिकंन इन्टरनेस्नल कलेजलाई ३–० गोल अन्तरले हराउदै सेमिफाइनको यात्रा तय गरेको छ ।
पोखरा कलेज अफ म्यानेजम्यान्टले सोच कलेज अफ आइटिलाई ४–३ गोल अन्तरले हराउदा इन्फोम्यक्स कलेज अफ आइटी एण्ड म्यानेजम्यान्टले लेकसिटि कलेज एण्ड रिर्सच सेन्टरलाई ४–३ गोल अन्तरले नै हराउदै सेमिफाइनलमा प्रबेश गरेका छन् ।
फागुन ७ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यसै गरी दोस्रो हुने टोलीले नगद ५० हजार मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने हिसान गण्डकी प्रदेशका अध्यक्ष डा. रामजी शर्माले जानकारी दिए ।
कलेज तर्फको बिजेताले नगद २० हजार र दोस्रो हुने टिमले नगद १० हजार मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगिताको प्रथम पुरस्कार युआरएलले प्रायोजन गरेको छ भने दोस्रो पुरस्कार हिसान कास्कीले प्रायोजन गरेको छ । प्रतियोगिताको व्यवस्थापन सबिन मेमोरीयल फुटबल क्बलले गर्दै आएको छ ।
सम्बन्धित खबर
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
हिसान फुटसलमा सगरमाथा, कास्की मोडनाइज, गुरुकुल र अरनिको सेमिफाइन प्रबेश
पूर्वेली एफसीलाई भिमप्रसाद स्मृति मुस्ताङ कपको उपाधि
हिसान गण्डकी फुटसल प्रतियोगिता सुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी सुरुवात
यो पनि पढौँ
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो
त्रिशुलीमा मोटरसाइकल खस्यो, चालक बेपत्ता