पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ

पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ

pakrau

काठमाडौँ । काठमाडौँमा पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङको गङ्गाजमुना गाउँपालिका वडा नम्बर ९ घर भएका २८ वर्षीय सुरज गुरुङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

गएको माघ ११ गते राति काठमाडौँ महानगरपालिका वडा नम्बर १७ क्षेत्रपाटीस्थित प्रिष्टिन होटल अगाडी पार्किङ गरी राखेको ग १६ प १३२५ नं. को १६० CC को TVS अपाचे मोटरसाईकल चोरी भएको थियो ।

त्यो मोटरसाइकलको वास्तविक नम्बर प्लेट परिवर्तन गरी प्रदेश ३-०२-०१२ प ७३७३ नं. को नम्बर प्लेट सो मोटरसाईकलमा राखेर चलाउँदै गरेको अवस्थामा गुरुङलाई प्रहरीले काठमाडौँ महानगरपालिका–१७ नयाँ बजारबाट पक्राउ गरेको हो ।

पक्राउ परेका गुरुङलाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनसुन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ