पोखरा । तनहुँको बन्दीपुर गाउँपालिका ६ का वडाध्यक्ष बलबहादुर गुरुङले वडा सचिव नविन भुषालमाथि कुटपिट गरेका छन् ।
बन्दीपुरका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यका अनुसार भलिबल प्रतियोगिताको भुक्तानीको विषयमा विवाद हुँदा वडाध्यक्ष गुरुङले वडा सचिवलाई कुटपिट गरेका हुन् ।
‘उहाँ नयाँ हुनुहुन्छ । भुक्तानीका लागि आवश्यक कागजात नदेखिएपछि प्रक्रिया अघि बढाउने भन्नुभएको थियो । त्यसपछि वडाध्यक्षले दबाब दिएर कार्यालयकै पोशाकमा हातपात गर्नुभयो,’ प्रशासकीय अधिकृत आचार्यले भने । यो घटना सोमबार बिहान १० बजेपछि भएको हो ।
कुटपिटबाट घाइते वडा सचिव भुषालको प्रारम्भिक उपचार बन्दीपुर अस्पतालमा गरिएको थियो । चिकित्सकले थप उपचारका लागि भरतपुर रिफर गरेका छन् । उनको गाला र घाँटीमा चोट लागेको बताइएको छ ।
वडाध्यक्षको आक्रमणबाट उम्किएपछि वडाध्यक्ष भुसालले प्रमुख प्रशासकीय अधिकृत आचार्यलाई फोन गरेर घटना विवरण बताएका थिए । अधिकृत आचार्यले गाडी पठाएर उनलाई बन्दीपुर अस्पतालमा ल्याइएको हो ।
घाँटी र गालामा निलडाम थियो भने त्योबेला वडासचिव भुसाल निकै आत्तिएका थिए । उनी केहीसमय अगाडिमात्रै बिरामी भएर औषधिसमेत खाइरहेका थिए । आफूमाथि आक्रमण भएपनि उनलाई श्वासप्रस्वासको समस्या भएको थियो । त्यसपछि उनलाई भरतपुर मेडिकल कलेजमा थप उपचारका लागि पठाइएको थियो ।
अघिल्लो महिना बिरामी भएका बिदा बसेर वडामा फर्किएर वडाध्यक्ष भलिबल कपको सञ्चालन उनैले गरेका थिए । तर, औषधि भने खाइरहेका थिए ।
गत असोज १३ गतेमात्र सहायक पाँचौंस्तरको नियुक्तिपत्र बुझेर १८ गते बन्दीपुर वडा नम्बर ६ मा पोस्टिङ भएका हुन् । आफू धेरै कुरा बुझ्ने क्रममै रहेको र पूर्ववडासचिव, प्रमुख प्रशासकीय अधिकृतलाईसमेत सोधेर काम गर्ने गरेको भुसालले बताए । सोमबार १० बजे नै वडासचिव भुसाल कार्यालयमा उपस्थित भएका थिए ।
योजनाअनुसारै आफूमाथि आमक्रण भएको भनाइ वडासचिवको छ । पालिकामा फाइल लैजाने र हिसाब मिलाउने सल्लाह वडाध्यक्षसँग सचिवको भएको थियो । केहीबेरमा वडाध्यक्ष आएर ‘तपाईं पालिकामा जाने कि नजाने ?’ भनेर वडाध्यक्षले सोधेको सचिव भुसालले सुनाए । ‘जाने हो तर स्टिमेट मिलाउनुपर्ने छ । परिणाम र दर मिलाउनुपर्छ । बिल मिलेको छैन भनेर मैले भनें,’ वडासचिव भुसालले घटनाविवरण सुनाए, ‘अनि त तैंले कमिसन खान खोजेको हो भनेर घाँटी ङ्याक्दै झ्याम कि झ्याम हान्न थाले । म थापिइरहें ।’
भुसालले करिब ३ मिनेटसम्म घाँटीमा समाउँदै हानेको सुनाए । ‘म किक्ली–किक्ली भइसकेको थिएँ, त्यसैले त घाँटीमा इन्फेक्सन छ । उनी त्यसपछि पनि हतियार लिएर आउँछु भनेर भागे, म पनि दौडिएर निस्किएँ र हाकिम साबलाई फोन गरें,’ वडासचिवले सुनाए ।
वडाध्यक्ष गुरुङले यसअघि पनि बारम्बार दु:ख दिइरहने भुसालले बताए । वडाध्यक्षले जे भन्यो त्यही काम गरिदियो भने खुसी र प्रक्रिया खोज्यो भने रिसाउने गर्ने गरेको सचिवको दाबी थियो ।
‘भलिबल सम्पन्न गरियो । साइनै नभएका बिलहरु थिए । सबै उहाँहरुले नै बनाउनुभयो र ल्याएर ल पास गरिदिनुस् भन्नुभएको थियो । खर्च भएको छ भने ल्याउनुस् त नि भनेकै थिएँ । उहाँले ल्याउनु भयो तर परिणाम र दर नै छैन । एकमुष्ट खाना, खाजा भनेर बिल ल्याइएको थियो,’ वडासचिव भुसालले भने, ‘यो बिल त मिलाउनुपर्छ अध्यक्षज्यू भनें, उहाँले यो चलिआएको चलन हो, पुरानै फर्म्याट हेरेर गरेको हो भन्दै जंगिनुभयो ।’
माइनुट पनि आफैं गरेर हस्ताक्षर गर्न ल्याइएको तर त्यहाँ आफ्नो उपस्थितिसमेत नरहेको उनले सुनाए ।
भुसालको स्वास्थ्यमा अहिले सुधार आएको छ । घाँटीमा इन्फेक्सन, गाला सुनिएको तर सुधार भइरहेकाले तनहुँ फर्किएर अरु प्रक्रिया बढाउने उनको भनाइ थियो ।
कुटपिट तथा अभद्र मुद्दामा किटानी जाहेरी दिने तयारी गरेको नवीनका दाजु निर्मलले जानकारी दिए । ज्यानैमार्ने प्रयाससहित आक्रमण भए पनि ज्यान मार्ने उद्योगमा मुद्दा दायर गर्न हतियारले हानेको निसान वा हतियार प्रहार भएको हुनुपर्ने एसपीले भनेको उनले बताए ।

वडाध्यक्ष गुरुङ नेकपा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
सम्बन्धित खबर
हाइकर्स क्लबको ५७ औं श्रृङ्खला भिमादको ‘घाङ्च ल्हुम’मा
बन्दिपुरमा चितुवाको आक्रमणमा परी १० वर्षीया बालिकाको मृत्यु
तनहुँको भुजिकोट गाउँ चिनाउन नयाँ वर्षमा उकालो दौड प्रतियोगिता हुने
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
तनहुँको आँबुखैरेनीभित्रका विद्यार्थीको उपचार निःशुल्क
तनहुँमा ‘एक वडा, एक पर्यटकीय गाउँ’ बनाइँदै
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु